कृषि पेसाप्रति युवापुस्ताको आकर्षण बढाउनुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

कृषि पेसाप्रति युवापुस्ताको आकर्षण बढाउनुपर्छ : मुख्यमन्त्री कार्की


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताएका छन्  ।  

मोरङको जहदा गाउँपालिका–३ मा आज आयोजित २१औँ राष्ट्रिय धान दिवस कार्यक्रममा  उनले युवाका लागि तालिम, अनुदान, कृषिमा आधुनिक प्रविधि, व्यावसायिकता र बजारीकरणमा विशेष ध्यान दिने नीति प्रदेश सरकारले लिएको छ भने। 

मुख्यमन्त्री कार्कीले प्रदेशलाई कृषिउपजमा आत्मनिर्भर बनाउन विशेष योजनाका कार्य सुरु गरेको जानकारी दिँदै उत्पादकत्व वृद्धि गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा राखे।

 उनले भने ‘जलवायु परिवर्तनको असरका कारण कृषि उत्पादन घटेकाले यसबाट मानव जीवन कष्टकर बन्दै गएको छ । यसतर्फ हामी सबैले ध्यान दिनु जरूरी छ ।’    

सो अवसरमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले कृषि उत्पादन वृद्धि गर्न उन्नत जातको बीउ उत्पादन वृद्धि हुने विचार राखे । कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगी र जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहले कृषिमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिए । 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ३ : ४३ बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र