सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको छ : अर्थमन्त्री « Khabarhub

सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको छ : अर्थमन्त्री


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफाबार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाएर रोजगारी वृद्धिमार्फत समृद्धि हासिलको यात्रामा सरकार अग्रसर भएको बताए ।

मन्त्री पुनले वित्त आयोगको सिफारिसका आधारमा खर्च परिचालन तथा ऋण व्यवस्थापन गर्दै आएको जानकारी गराउँदै विकास सहायता कार्यक्रम सम्झौता गर्दा कार्यान्वयनसम्बन्धी योजनासँगै समावेश गर्ने नीति लिइएको स्पष्ट गरे  ।

उनले राजस्व परिचलबाट मात्रै खर्च व्यवस्थापन गर्न नसकिएकाले आन्तरिक र बाह्य ऋण लिनुपरेको उल्लेख गर्दै सार्वजनिक ऋण वाञ्छनीय सीमाभित्रै रहेको छ जनाए । उनले नयाँ विकास साझेदार नीति लिइएको पनि अवगत गराए  ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ५ : ११ बजे

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित,

काठमाडौंमा पनि मनाइयो ८१औँ विजय दिवस

काठमाडौं- एकासीऔँ विजय दिवसका अवसरमा काठमाडौंस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीको

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास

मुस्ताङ– यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल

तनहुँ जलविद्युत् आयोजना : रूख कटानको अनुमति प्राप्त

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका

माइतीघरमा श्रम संस्कृति पार्टीको नारा- ‘यो देश गरीबको पनि हो’

काठमाडौं– माइतीघर मण्डलामा श्रम संस्कृति पार्टी बागमती प्रदेशले सुकुम्वासी तथा