अर्डर दिएको स्याण्डविच ढिलो आएपछि वेटरको हत्या « Khabarhub

अर्डर दिएको स्याण्डविच ढिलो आएपछि वेटरको हत्या


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सको राजधानी पेरिसमा रहेको एक रेष्टुरेन्टमा आफूले अर्डर गरेको खानेकुरा छिटो नआएपछि एक ग्राहकले वेटरलाई गोली हानी हत्या गरेका छन् । पेरिसको नोइजी ले ग्रान क्षेत्रमा रहेको एक रेष्टुरेन्टमा ग्राहकले दिएको स्याण्डविचको अर्डर छिटो नआएपछि उनले वेटरलाई गोली हानेका थिए ।

काँधमा गोली लागेका २८ वर्षे वेटरको घटनास्थलमै ज्यान गएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । गोली हान्ने ग्राहक घटनास्थलबाट भागेको र उनको खोजीकार्य भइरहेको जनाइएको छ ।

सामान्यतः शान्त रहने त्यस क्षेत्रमा भएको घटनाबाट स्थानीयहरु भने आतंकित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त रेष्टुरेन्ट केही महिनाअघि मात्र सञ्चालनमा आएको बताइएकोछ ।

सामान्यतः शान्त रहेपनि पछिल्ला केही समययता त्यस क्षेत्रमा लागूऔषध प्रयोगकर्ता र अधिक मद्यपान गर्ने युवाहरुको सङ्ख्या बढ्दै गएकाले अपराधिक घटना पनि मौलाउँदै गएको बताइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : ४१ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी