आरजु राणाले हालिन् नौवटा टेलिभिजनविरुद्ध उजुरी | Khabarhub Khabarhub

आरजु राणाले हालिन् नौवटा टेलिभिजनविरुद्ध उजुरी


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले विभिन्न नौवटा टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १५ मा पक्राउ परेका बेचन झासँग जोडेर आपत्तिजनक सामाग्री प्रसारण गरेको भन्दै आरजुले ती टेलिभिजनविरुद्ध काउन्सिलमा उजुरी दिएकी हुन् ।

कञ्चनपुरबाट पक्राउ परेका झामाथि बिचौलियालाई तत्कालीन गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको त भूमिका खेलेको आरोप छ ।

उनै झासँग जोडेर विभिन्न सञ्चारमाध्यमले आरजुको नाम जोडेका थिए । यस प्रकरणमा बेचनले आरजुको पनि नाम लिएका थिए ।

यही सवालमा आरजुले भ्रामक समाचार हटाएर चरित्र हत्या गर्ने मनासयले प्रकाशित-प्रशारण गरेका सञ्चारमाध्यामहरूलाई कारवाही गर्न मागसहित उनले उजुरी हालेकी हुन् ।

‘उपरोक्त सम्वन्धमा माननीय आरजु राणा देउवालाई जोडेर प्रकाशन-प्रशारण भएका समाचारहरू तथ्यहीन, भ्रामक र उहाँको चरित्र हत्या गर्ने मनासयले आएका छन्’, उनले स्वकीय सचिव कमल रावलमार्फत पठाएको उजुरीमा भनेकी छन्, ‘प्रकाशित भएकाले यसका सम्पादक, प्रकाशक र समाचार तयार गर्ने सञ्चारकर्मीहरूलाई कानुनअनुसार कारबाही गरी भ्रामक समाचार हटाउन निर्देशन दिन अनुरोध गर्दछु ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १ : ३० बजे

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा– ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ

एक सय पाँच वर्षीया लमी कुमारीसहित तीन ज्येष्ठ व्यक्तित्व सम्मानित

भोजपुर– समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना

पुष्प व्यवसाय : आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत

दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी