आरजु राणाले हालिन् नौवटा टेलिभिजनविरुद्ध उजुरी « Khabarhub

आरजु राणाले हालिन् नौवटा टेलिभिजनविरुद्ध उजुरी


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले विभिन्न नौवटा टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १५ मा पक्राउ परेका बेचन झासँग जोडेर आपत्तिजनक सामाग्री प्रसारण गरेको भन्दै आरजुले ती टेलिभिजनविरुद्ध काउन्सिलमा उजुरी दिएकी हुन् ।

कञ्चनपुरबाट पक्राउ परेका झामाथि बिचौलियालाई तत्कालीन गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको त भूमिका खेलेको आरोप छ ।

उनै झासँग जोडेर विभिन्न सञ्चारमाध्यमले आरजुको नाम जोडेका थिए । यस प्रकरणमा बेचनले आरजुको पनि नाम लिएका थिए ।

यही सवालमा आरजुले भ्रामक समाचार हटाएर चरित्र हत्या गर्ने मनासयले प्रकाशित-प्रशारण गरेका सञ्चारमाध्यामहरूलाई कारवाही गर्न मागसहित उनले उजुरी हालेकी हुन् ।

‘उपरोक्त सम्वन्धमा माननीय आरजु राणा देउवालाई जोडेर प्रकाशन-प्रशारण भएका समाचारहरू तथ्यहीन, भ्रामक र उहाँको चरित्र हत्या गर्ने मनासयले आएका छन्’, उनले स्वकीय सचिव कमल रावलमार्फत पठाएको उजुरीमा भनेकी छन्, ‘प्रकाशित भएकाले यसका सम्पादक, प्रकाशक र समाचार तयार गर्ने सञ्चारकर्मीहरूलाई कानुनअनुसार कारबाही गरी भ्रामक समाचार हटाउन निर्देशन दिन अनुरोध गर्दछु ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १ : ३० बजे

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जा – स्याङ्जाको विरुवा गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना