पर्यटन र उद्योग विकासका लागि मध्यवर्तीको कानून संशोधन भयो : बर्तौला « Khabarhub

पर्यटन र उद्योग विकासका लागि मध्यवर्तीको कानून संशोधन भयो : बर्तौला


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यवर्ती क्षेत्रमा पर्यटन र उद्योग विकासका लागि मध्यवर्तीको कानून संशोधन संशोधन भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् ।

आज बिहान पत्रकारहरूसँग कुरा गर्दै सांसद बर्तौलाले मंगलबारको प्रतिनिधि सभाको बैठकबाट लगानी सहजीकरण सम्बन्धी विधेयक, २०८१ पास भएको बताएका हुन्  ।

नेपाल सरकारले लगानीको वातावरणलाई अनुकूल बनाई उद्योग–धन्दा, कल–कारखाना, व्यापार व्यवसाय वृद्धि मार्फत रोजगारी सिर्जना तथा संवृद्धि हासिल गर्न वाधकका रूपमा रहेको केही मौजुदा कानुनहरूलाई संशोधन गर्नका लागि प्रस्ताव दर्ता गरेको थियो ।

बर्तौलाले भने, ‘यो विधेयक पारित भए सँगै राष्ट्रिय निकुञ्ज ऐन २०२९ संशोधन भएको छ । संशोधन भएको व्यवस्थाले निकुञ्ज क्षेत्रमा गौरवका कुनै आयोजना सञ्चालन हुन अवरोध हुने छैन । मध्यवर्ती क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहले आयोजनाहरू सञ्चालन गर्न पाउने छन् । यसले मकवानपुर लगायत देशमा ३४ जिल्लाका स्थानी नागरिकहरूले मध्यवर्ती क्षेत्रकै कारण भोगिरहेका समस्याहरू हल हुने र थप सहज हुनेछन् । अव मयूर धाप औद्योगिक क्षेत्रको काम पनि अघि बढ्छ  र मध्यवर्ती क्षेत्र कायम भएका इलाकाहरू मनहरी, हेटौँडा १२, १३, १४, १५ नं. वडाहरूमा विकासका आयोजनाहरू अगाडि बढाउन सहज वातावरण बन्छ । ‘

लगानी सहजीकरण सम्बन्धी विधेयक, २०८१को दफा ३ को उपदफा २ मा थप गर्न प्रस्ताव गरिएको उपदफा (१क) मा ‘दफा (५क) बमोजिम तोकिएको क्षेत्र बाहेक राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र भित्रको कुनै क्षेत्र वा मध्यवर्ती क्षेत्रमा प्रकृति र मानव सहअस्तित्व कायम हुने गरी राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना, लगानी बोर्डबाट स्वीकृति आयोजना वा राष्ट्रिय गौरवको आयोजना आयोजना सञ्चालन गर्न नेपाल सरकारले तोकिए बमोजिम स्वीकृति दिन सक्नेछ ।’ भन्ने थियो ।

प्रतिनिधि सभामा मकवानपुर लगायत अन्य सांसदहरूको प्रस्ताव पछि उपदफा (१क)को अन्त्यमा देहायको वाक्यांश थप्ने भनेर ‘मध्यवर्ती क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहले निर्माण गर्ने आयोजना सञ्चालन गर्न सक्नेछ र सम्बन्धित निकायको स्वीकृति लिई पर्यापर्यटन (ईकोटुरिजम) लगायतको अन्य उद्योग व्यवसाय सञ्चालन गर्न सक्नेछ ।’ भन्ने वाक्यांश थपिएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : ०६ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना