मेचीनगरका तोरीखेती गर्ने किसानलाई अनुदान « Khabarhub

मेचीनगरका तोरीखेती गर्ने किसानलाई अनुदान


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई २६ लाख ८३ हजार अनुदान प्रदान गरेको छ ।

चालु आर्थिक वर्षमा नगरका १५ वडामा रहेका आठ सय ३३ किसानलाई तोरीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो । 

कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउने उद्देश्यले तोरी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको र कृषकलाई प्रोत्साहनका लागि अनुदान सहयोग प्रदान गरेको बताए। उनका अनुसार नगरले तोरी खेती प्रवर्द्धनका लागि किसानलाई उत्पादनसँग जोड्न एक किलोग्राम तोरी उत्पादनमा १५ अनुदानको व्यवस्था गरेको थियो । 

कम्तीमा पाँच कठ्ठादेखि बढीमा एक बिघा जमिनमा तोरीखेती गर्ने किसानलाई अनुदान रकम भुक्तानी गरिने व्यवस्थाअनुसार आठ हजार नौ सय ९० कठ्ठा जग्गामा तोरीखेती गरेका किसानलाई अनुदान रकम वितरण गरिएको कृषि शाखा प्रमुख प्रधानले जानकारी दिए।  

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : ४७ बजे

नेपालगञ्जको इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने