गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा « Khabarhub

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटलाई मंगलबार पनि हेर्दा हेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतमा भएको सुनुवाइपछि अन्तिम आदेश नआएको हो ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ भएपछि आदेशका लागि अर्को दिनलाई तोकिएको हो ।

यसअघि असार ७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको हो । यसअघि पनि यो मुद्दा हेर्दा हेर्दैमा थियो ।

अधिवक्ता अनुपम भट्टराईले लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गरेर सहकारी ठगीमा अनुसन्धान गर्नुपर्ने माग गर्दै रिट हालेका थिए ।

गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि जेठ २८ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सहकारी ठगीमा लामिछानेविरुद्धका मिसिल कागज झिकाउन आदेश दिएको थियो।

रिटलाई अग्राधिकार दिँदै जितेन्द्र बाबु राई (जीबी राई) समेत भएको सहकारी ठगीको मुद्दा नम्बर ०८०-c१-०९८७ को मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन त्यसबेला आदेश दिएको थियो।

सोमबार राति सत्ता गठबन्धन भत्किएर नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य बढेपछि लामिछानेको मुद्दाबारे पनि संशय देखिएको थियो ।

अनेक अड्कलबाजीबीच लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ अघि बढाएर पनि सर्वोच्चले हेर्दा हेर्दैमा राखेको हो ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : ४४ बजे

उपत्यका प्रवेश गर्ने र बाहिरिने यात्रुलाई ‘ट्राभल अलर्ट’

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुनका कारण भारी वर्षा हुनसक्ने

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं– पर्वतको कुश्मामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

चितवनमा १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्न सरकारको पहल

चितवन- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र

भारतद्वारा पहिलो निजी अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण

श्रीहरिकोटा – भारतले पहिलो पटक निजी क्षेत्रद्वारा निर्माण गरिएको अर्बिटल रकेट सफलतापूर्वक

उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज सम्पन्न

काठमाडौं– उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज–२०२६ सम्पन्न भएको छ । जिल्लाको