झिनो अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार  « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार 


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार धेरै उतारचढाव भएको शेयर बजार बुधबार भने सामान्य रहेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७९ अंकको सामान्य अंकले बढेको हो । हिजो भने ४७ अंकले बढेको थियो ।

आज नेप्से परिसूचक शुन्य दशमलव १८ प्रतिशतले बढेर २१०४ को विन्दुमा रोकिएको छ । आज १ सय १ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको  छ ।

शेयर बजारमा आज ३१४ कम्पनीका ६१ हजार १ सय ९९ कारोबारबाट १ करोड ७१ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको छ । जसबाट आजको सम्पूर्ण कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९ सय ३५ पुगेको छ ।

आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको शेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको १७ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स फाइनान्सको १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ३ : ५८ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको