माओवादी महासचिव गुरुङको आरोप : कांग्रेस-एमालेले देशलाई प्रतिगमनतिर लैजान खोजे « Khabarhub

माओवादी महासचिव गुरुङको आरोप : कांग्रेस-एमालेले देशलाई प्रतिगमनतिर लैजान खोजे


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा मुलुकको परिवर्तनलाई उल्ट्याउने गरि संविधान संशोधन गर्ने आशंका बढेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा गुरुङले संविधान संशोधनको कुरा उठाउँदै सत्ता समीकरण हेरफेरले मुलुकको परिवर्तन नै खतरामा पर्ने आशंका भएको उल्लेख गरे ।

उनले ०४७ सालको संविधानतर्फ मुलुकलाई लैजान खोज्ने प्रयास पश्चगामी र प्रतिगामी कदम भएको जिकिर गरे ।

माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार गठनको प्रयास भइरहँदा तयार नभएका दलहरूले मध्यरातमा त्यसैबारे हल्ला गर्दै सहमति गरेको उनको आरोप छ ।

गुरुङले वर्तमान सरकार छाड्नुपर्ने कुनै उल्लेख्य कारण नभए पनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र भुटानी शरणार्थी प्रकरणमा केही व्यक्ति पक्राउको परिघटना हुनसक्ने आशंका गरे ।

महासचिव गुरुङले सरकार बनाउने नाममा संविधानको प्रावधानलाई उलंघन गर्ने काम गर्न नहुनेमा जोड दिए। उनले सरकारलाई दिएको समर्थन लिएमा प्रधानमन्त्रीले सदनमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ३ : २३ बजे

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना

रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ   

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र

वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमै पूरा गरे अर्धशतक

नयाँदिल्ली- भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले ५० ओभरको क्रिकेटमा सबैभन्दा

पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब