मेस्सीले पेरिस ओलम्पिक नखेल्ने, अल्भारेजले खेल्ने « Khabarhub

मेस्सीले पेरिस ओलम्पिक नखेल्ने, अल्भारेजले खेल्ने


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

ब्यूनस आयर्स – लियोनेल मेस्सीले यसै महिनाको अन्तिममा फ्रान्सको पेरिसमा हुन लागेको ओलम्पिकमा अर्जेन्टिनाबाट नखेल्ने भएका छन् ।

प्रशिक्षक जाभियर माशेरानोले मंगलबार घोषणा गरेको टिममा विश्व विजेता टोलीका चार सदस्यलाई स्थान दिएका छन् ।

जसमा स्ट्राइकर जुलियन अल्भारेज र डिफेन्डर निकोलस ओटामेन्डी सामेल छन् । यसै वर्ष चोटको सामना गरिरहेका ३७ वर्षीय मेस्सी अहिले अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता खेलिरहेका छन् ।

यस पटक पनि टोलीले सन् २०२१ मा जितेको महादेशीय उपाधि रक्षाको योजना लिएको छ । अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिका जितेपछि सन् २०२२ मा कतारमा भएको विश्व कपको उपाधि पनि चुमेको थियो ।

मेस्सीले आफ्नो एक मात्र ‌ओलम्पिक प्रतिस्पर्धामा सन् २००८ मा बेइजिङमा खेलेका थिए । त्यसबेला उनी सम्मिलित टोलीले स्वर्ण पदक जितेको थियो ।

ओलम्पिक पुरुष फुटबल प्रतियोगिता यू-२३ टोलीका लागि खेलाइन्छ । तर प्रत्येक टोलीमा तीनजना २३ वर्षमाथिका खेलाडीलाई राख्ने अनुमति छ ।

सन् २००४ र २००८ मा खेलाडीका रुपमा ओलम्पिक स्वर्ण पदक जितेका मास्चेरानो कोपा अमेरिका सकिएपछि गोल किपर गेरोनिमो रूली, ओटामेन्डी र अल्भारेजलाई टोलीमा सहभागी गराउने छन् ।

यससँगै यही सिजन रिभर प्लेटबाट म्यानचेस्टर सिटीमा आवद्ध मिडफिल्डर क्लाडियो एचेभेरी पनि ओलम्पिक टोलीमा सहभागी हुने छ ।

अर्जेन्टिना २४ जुलाईमा मोरक्कोविरुद्ध ओलिम्पिक फुटबल प्रतियोगिताको पहिलो खेलका लागि उत्रिने छ ।

अर्जेन्टिनाले ओलम्पिक खेल्नुअघि फ्रान्ससँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । अर्जेन्टिना रहेको समूह बीमा र मोरक्कोसहित इराक र युक्रेन पनि छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ३ : ४२ बजे

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक