बाढी बस्तीमा पसेपछि भजनी नगरक्षेत्र जलमग्न « Khabarhub

बाढी बस्तीमा पसेपछि भजनी नगरक्षेत्र जलमग्न


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

टीकापुरकन्द्राकाढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिए।

बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए। ‘वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन्, यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन्’, नगरप्रमुख चौधरीले भने, ‘डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने । पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन ।’

हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ । भजनी नगरपालिका मोहना, पथरैया, कन्द्राकाढा नदीको चपेटामा पर्ने गर्दछ । ‘अहिलेसम्म धनजनको क्षतिको खबर छैन, घरमा पानी पसेकाले मानिसका लुगाकपडा, भाँडाकुँडा, खाद्यान्न भिजेका, बगेकाजस्ता क्षति भएका छन्’, नगर प्रमुख चौधरीले भने, ‘पालिका मात्रले कहाँ–कहाँ उद्धार गर्ने, कसरी व्यवस्था गर्ने ? हामी त समस्यामा पर्‍यौँ ।’

बाढी घरमा पसेपछि वडा नं २ का सन्देश चौधरीको परिवार बुधबार दिउँसोदेखि सडकमा बसेको छ । ‘घरमा भएमा सबै सामान भिजेर नष्ट भए, हामी ज्यान बचाउन घर छोडेर निस्कियौँ’, उनले भने, ‘सरकारले हामीलाई सुरक्षित बस्ने वातावरण बनाउनुपर्‍यो ।’ 

लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा पौने दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीय भागीराम डगौराले बताए । बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कोही घरभित्रै बसिरहेको उनले जानकारी दिए।

यसैगरी लगातारको वर्षापछि कैलारी गाउँपालिका–७ रामपुरमा बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको छ । 

यस्तै कैलालीमा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएको बताइएको छ ।  

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ८ : ४९ बजे

प्युठानबाट दुई थान भरूवा बन्दुक बरामद

प्युठान–  सरूमारानी गाउँपालिका-६ बुढिचौर सामुदायिक जंगलबाट भरूवा बन्दुक दुई थान बुधबार दिउँसो

सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी

किमाथांका– सङ्खुवासभामा आसन्न प्रतिनिधिसभा सदस्य  निर्वाचनका लागि मतदानस्थल र मतदान

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं–  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका- १० भत्केपाटी

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

काठमाडौं– नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र

दबाबबीच इरानमा क्रान्ति दिवस

एजेन्सी– इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार