बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइए (तस्बिरहरू) « Khabarhub

बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइए (तस्बिरहरू)


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–३ स्थित बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मुआब्जा पाएर पनि सार्वजनिक जग्गा  ओगटिएका सात वटा घर–संरचना बुधबार र बिहीबार डोजर लगाएर भत्काएको हो । बुधबार ६ वटा घर र बिहीबार एउटा सामुदायिक भवन भत्काइएको कार्यालयकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले बताइन् ।

उनकाअनुसार सार्वजनिक जग्गामै रहेका अन्य केही संरचना पनि बिहीबार नापजाँच गरेर चिन्ह लगाइएको छ । ‘सात वटा भत्काउनपर्ने संरचना भत्कायौँ । अरू आज चिन्ह लगाएर छोडेका छौँ,’ उनले भनिन्, ‘उहाँहरू कतिले हामी आफैँ भत्काउँछौँ भन्नुभएको छ । नभए हामी तिहारपछि डोजर लगाउँछौँ ।’

अतिक्रमित संरचना हटाएपछि अब पैदल मार्ग निर्माण र सौन्दर्यकरण गर्ने तयारी छ ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ३ : ३७ बजे

राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई सम्यक महादान मूल समारोह समितिले

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग 

काठमाडौं–  तिहार नजिकिँदै गर्दा सिजीले माइक्रोवेभ ओभनहरू ल्याएको छ ।  सिजीले यस

नेप्सेमा १२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ– साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से

प्रस्तावित चार न्यायाधीशविरुद्ध भोली र पर्सी संसदीय सुनुवाइ गर्ने

काठमाडौं– संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध

चलाल गणेशस्थान खानी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक– बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुका साथै उद्योगबाट निस्किएको