जम्बो कमिटीतिर एकीकृत समाजवादी- २९ पदाधिकारी, ३९९ जनाको केन्द्रीय समिति « Khabarhub

जम्बो कमिटीतिर एकीकृत समाजवादी- २९ पदाधिकारी, ३९९ जनाको केन्द्रीय समिति

पार्टी सानो तर कमिटी एमाले र माओ‌वादीको भन्दा ठूलो


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या बढाउने भएको छ।

चार दिनदेखि काठमाडौंको कमलादीमा जारी दशौं महाधिवेशनले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूको संख्या पनि थपेको छ।

अहिले समाजवादीको विधानमा २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य रहने व्यवस्था छ।

तर सहमतिबाट नेतृत्व चयन गर्नेभन्दै समाजवादीले २९ जना पदाधिकारी र ३९९ सय सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ।

शीर्ष नेतृत्व तहमा यसबारे सहमति भइसकेको छ । अब महाधिवेशनको हलबाट औपचारिक निर्णय हुन बाँकी रहेको केन्द्रीय सदस्य सुदेश पराजुलीले खबरहबलाई बताए ।

नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनमा १८५३ प्रतिनिधि सहभागी भएका छन् ।

अहिले नेकपा एमालेमा ३०१ जनाको केन्द्रीय कमिटी रहेको छ । उता मा‌ओवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय छ ।

एमालेमा अहिले १५ सदस्यीय पदाधिकारी छन् भने माओवादीमा २१ सदस्यीय पदाधिकारी टिम रहेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ६ : ०६ बजे

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार