राष्ट्रपति सीद्वारा बाह्य हस्तक्षेपको प्रतिरोध गर्न विश्वका नेतालाई सुझाव | Khabarhub Khabarhub

राष्ट्रपति सीद्वारा बाह्य हस्तक्षेपको प्रतिरोध गर्न विश्वका नेतालाई सुझाव


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिङपिङले बिहीबार कजाखस्तानको राजधानी अस्तानामा भएको मध्य एसिया शिखर सम्मेलनमा नेताहरूलाई बाह्य हस्तक्षेपको प्रतिरोध गर्न सुझाव दिएको राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

‘हामीले बाह्य हस्तक्षेपको प्रतिरोध गर्न, एक अर्कालाई दृढतापूर्वक समर्थन गर्न, एक अर्काको ख्याल राख्न र हाम्रो देशको भविष्य र क्षेत्रीय शान्ति र विकासलाई दृढतापूर्वक नियन्त्रण गर्न हातेमालो गर्नु आवश्यक छ,’ सीले साङ्घाई कोअपरेशन अर्गनाइजेसन (एससीओ) को बैठकमा भने ।

मस्कोदेखि बेइजिङसम्म विशाल क्षेत्रलाई समेट्ने एससीओमा विश्वको लगभग आधा जनसङ्ख्या समावेश रहेको छ र यसको १० औँ सदस्यको रूपमा बिहीबार बेलारुसलाई स्वागत गरिएको छ ।

यस वर्षको आयोजक कजाकिस्तान, भारत, चीन, किर्गिजस्तान, पाकिस्तान, रसिया, ताजिकिस्तान, उज्बेकिस्तान र गत वर्षको आयोजक इरान यसका अन्य नौ स्थायी सदस्य हुन् ।

‘एससीओ निष्पक्षता र न्यायको पक्षमा खडा हुनु विश्वका लागि अत्यन्त महत्त्वपूर्ण छ,’ राष्ट्रपति सीले बताए ।

सीले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गर्नुभएको थियो । छलफलका क्रममा राष्ट्रपति पुटिनले  सीलाई साङ्घाई गठबन्धनले ‘निष्पक्ष बहु ध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’का रूपमा आफ्नो भूमिकालाई मजबुत बनाइरहेको बताए  ।

एससीओको मुख्य उद्देश्य सदस्य राष्ट्रहरिहरूबीच आर्थिक सम्बन्ध सुधार गर्ने र मध्य एसियामार्फत चीन र युरोपलाई जोड्ने विशाल परियोजनाहरूको विकास गर्नु हो ।

‘हामीले विकासको अधिकारको रक्षा गर्नुपर्छ, समावेशीकरणको पालना गर्नुपर्छ, संयुक्त रूपमा प्राविधिक आविष्कारलाई बढवा दिनुपर्छ, औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता र सहजता कायम राख्नुपर्छ, क्षेत्रीय अर्थव्यवस्थाको अन्तर्निहित शक्तिलाई प्रोत्साहित गर्नुपर्छ, र साझा विकासका लक्ष्य प्राप्तिलाई बढवा दिनुपर्छ,’ सीले बिहीबार नेताहरूलाई भने ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ६ : ४३ बजे

एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण

रसुवा– प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको

कहाँ गए कांग्रेस-एमालेका सांसद ? 

काठमाडौं– प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेट सम्बन्धी छलफल

सिप मेलाका बहिरालाई महानगरको टेको

रमेश पौडेल  धनुषा घर भएकी अस्मिता सार्की काठमाडौं महानगरपालिकाले सञ्चालन

नयाँ बजेटमा युवाको नजर

सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको बजेटमा

विश्व संगीत दिवस : राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा वृहत कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा वृहत