रवि लामिछानेलाई भन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो : मुकुल ढकाल « Khabarhub

रवि लामिछानेलाई भन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो : मुकुल ढकाल


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेका महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई भन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सहज भएको टिप्पणी गरेका छन् ।

३८ जिल्ला घुमेर बनाइएको एक महिने समीक्षा यात्राको प्रतिवेदनमा उनले भारतीय प्रधानमन्त्री मोदीलाई सहजै भेट्न सकिए पनि रास्वपाका सभापति लामिछानेलाई नसकिने टिप्पणी गरेका हुन् ।

निलम्बित महामन्त्री ढकालले सभापति लामिछानेको सचिवालय सदस्यहरू मृदुभाषी नभएका र वर्तमान सचिवालयबाट अघि बढे लामिछानेबाट राजनीति सम्भव नभएको पनि जिकिर गरेका छन् ।

‘सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ,’ उनले प्रतिवेदनमा लेखेका छन्, ‘सभापतिको सचिवालयमा मृदुभाषी भएनन् । यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन ।’

ढकालले उपप्रधान तथ गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेमाथि प्रश्नै-प्रश्न गरेका छन् । ‘किन ग्यालेक्सीको टिम धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो ?,’ ढकालले लामिछानेलाई प्रश्न गरेका छन्, ‘जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?’

ढकालले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायदेखि सरकारमा गएपछि सोचेअनुसारका भ्रष्टाचार मुद्दाका फाइल नखोल्नुको कारणबारे जवाफ मागेका छन् ।

‘निर्मला पन्तलाई न्याय कहिले मिल्छ ? ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ? सरकारमा गएपछि सोचेअनुरूप फाइल किन खोलिएन ?,’ ढकालले प्रशन गर्दै सोधेका छन्, ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैं गृहमन्त्री भएर किन गएको ? सीके राउतजस्तो व्याकमा किन नबसेको ?’

टेलिभिजन कार्यक्रम ‘सीधा कुरा जनतासँग’ मा बोलेका कुरा जनताले सम्झिराखे पनि सभापति लामिछानेले बिर्सिएको ढकालको भनाइ छ ।

‘पार्टीको मेरुदण्ड नै त्यही कार्यक्रम थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘पार्टीमा सीधा कुरा जनतासँग कार्यक्रमका मान्छे पनि केन्द्रीयस्तरमै आए, सभापतिको सचिवालयमै बसे तर तिनीहरूले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्सिएर अरू राजनीति गर्न थाले ।’

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ७ : २० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार