नवराजपुरका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

नवराजपुरका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार कुसियैत, इन्जिनियर कृष्णा साह, सब-इन्जिनियर सन्तोषकुमार यादव र लेखापाल सोमप्रसाद आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूसँग जनही १२ लाख ७ हजार २६० रुपैयाँ बिगो, जरिवाना र सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

आर्थिक वर्ष २०७७/७८ मा नवराजपर गाउँपालिका-२ मझौरा हुँदै बरगाछीदेखि पटनासम्मको बाटो ग्राभेल गर्दा भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरिएको घिमिरेले बताए।

बाटो ग्राभेल गर्दा सम्झौता र नापी किताबमा उल्लेख भए बमोजिम फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गराएको आरोप उनीहरूमाथि थियो।

उजुरीमाथि अनुसन्धान गर्दा ग्राभेल गर्दा वास्तविकभन्दा मूल्यांकन बढाएर झुटो भर्पाई गरी भुक्तानी गरेर प्रतिवेदन तयार गरेको पुष्टि भएको घिमिरेले बताए।

सो कार्यमा उपभोक्ता समितिका अध्यक्ष जिवछकुमार यादव, कोषाध्यक्ष पुनम कुमारी देवी र सचिव रामउदगार मण्डल, वडा नं. २ का  तत्कालीन वडाध्यक्ष खुसिलाल साहको मिलेमतो देखिएपछि उनीहरूविरूद्ध पनि मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ४ : ०८ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।