युरोकप सेमिफाइनल : आज राति स्पेन र फ्रान्स भिड्दै « Khabarhub

युरोकप सेमिफाइनल : आज राति स्पेन र फ्रान्स भिड्दै


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ मा आज राति सेमिफाइनलको पहिलो खेल हुँदैछ ।

नेपाली समयअनुसार राति पौने १ बजे म्युनिखस्थित म्युनिख फुटबल एरिनामा सुरु हुने पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।

स्पेन आयोजक जर्मनी र फ्रान्स पोर्चुगललाई क्वार्टरफाइनलमा हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।

स्पेन र फ्रान्स छैटौँ पटक मुख्य प्रतियोगितामा एकआपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघिका पाँचमध्ये तीन खेल फ्रान्सले तथा एक खेल स्पेनले जितेको छ । यस्तै एक खेल भने बराबरीमा सकिएको थियो ।

फ्रान्सले सन् १९८४ को युरोकप फाइनल, २००० को युरोकप क्वाटरफाइनल र २००६ को विश्वकप प्रिक्वार्टरफाइनलमा स्पेनलाई हराएको थियो । स्पेनले भने सन् २०१२ को युरोकप क्वार्टरफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । सन् १९९६ को युरोकपमा बराबरी भएको थियो ।

समग्रमा भने यी दुई टोलीबीच अहिलेसम्म ३६ खेल भएका छन् । जसमा स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् भने ७ खेल बराबरी भएको छ ।

 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : ०४ बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने