एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नु कत्तिको घातक ?  « Khabarhub

एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नु कत्तिको घातक ? 


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा खानेकुरा पकाउँदा अधिकांशमा तेलको प्रयोग गरिन्छ । हामीले सुन्दै आएका छौँ कि एकपटक केही खानेकुरा तारेको तेल पुन खानु हुँदैन भनेर । तर यो कुरा धेरैको जीवनमा मेल खाँदैन । यसको एक कारण यो पनि हुन सक्छ कि तेलको भाउ आकासिनु । एकपटक प्रयोग प्रयोग गरेको तेल पुनः तताएर प्रयोग नगर्न चिकित्सकहरू सुझाव दिन्छन् ।

किनकि एकपटक प्रयोग गरी सकेको तेल पुनः तताएर प्रयोग गर्नु स्वास्थ्यको लागि हानिकारक छ । एकपटक प्रयोगमा आएको तेल पुनः प्रयोग गर्दा मानिसमा मुटु, स्नायु, कलेजो सम्बन्धी रोग लाग्न सक्ने र क्यान्सर समेत हुने खतरा रहेको वरिष्ठ मुटु रोग विशेषज्ञहरू बताउँछन् ।

तेललाई पटक–पटक तताउँदा अल्डिहाइड नामक टक्सिन उत्पादन हुन्छ । पुनः तताएको तेल प्रयोग गर्दा यसमा उत्पादन भएको टोक्सिन शरीर भित्र प्रवेश गर्छ । जसले हाम्रो शरीर भित्रको प्रोटिन, एन्जाइम र हर्मोनसँग प्रक्रिया गरी स्वास्थ्यलाई असर पुर्‍याउँछ ।

सूर्यमुखी तथा भटमासको तेललाई पटक–पटक तताउँदा राम्रो फ्याटहरू ट्रान्सफ्याटमा परिणत हुन्छ । जसले शरीरमा नराम्रो कोलेस्ट्रोल बढाउँछ । यसले रक्तनलिमा रगत जम्ने सम्भावना बढाउँछ । तेललाई पटक–पटक तताउँदा त्यसमा उत्पादन हुने टोक्सिनले मुटु रोग, स्नायुरोग, कलेजो रोग तथा क्यान्सर हुने खतरा बढ्छ ।

त्यसले यी रोगहरू लाग्नबाट बच्नको लागि तेल पुनः तताएर प्रयोग गर्ने बानी हटाउनुपर्छ । मुटु, कलेजो स्नायु र क्यान्सरका बिरामीले यस्तो तेल प्रयोग गर्ने नहुने चिकित्सकको भनाइ छ ।  ।

 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ४६ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार