एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नु कत्तिको घातक ?  | Khabarhub Khabarhub

एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नु कत्तिको घातक ? 


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा खानेकुरा पकाउँदा अधिकांशमा तेलको प्रयोग गरिन्छ । हामीले सुन्दै आएका छौँ कि एकपटक केही खानेकुरा तारेको तेल पुन खानु हुँदैन भनेर । तर यो कुरा धेरैको जीवनमा मेल खाँदैन । यसको एक कारण यो पनि हुन सक्छ कि तेलको भाउ आकासिनु । एकपटक प्रयोग प्रयोग गरेको तेल पुनः तताएर प्रयोग नगर्न चिकित्सकहरू सुझाव दिन्छन् ।

किनकि एकपटक प्रयोग गरी सकेको तेल पुनः तताएर प्रयोग गर्नु स्वास्थ्यको लागि हानिकारक छ । एकपटक प्रयोगमा आएको तेल पुनः प्रयोग गर्दा मानिसमा मुटु, स्नायु, कलेजो सम्बन्धी रोग लाग्न सक्ने र क्यान्सर समेत हुने खतरा रहेको वरिष्ठ मुटु रोग विशेषज्ञहरू बताउँछन् ।

तेललाई पटक–पटक तताउँदा अल्डिहाइड नामक टक्सिन उत्पादन हुन्छ । पुनः तताएको तेल प्रयोग गर्दा यसमा उत्पादन भएको टोक्सिन शरीर भित्र प्रवेश गर्छ । जसले हाम्रो शरीर भित्रको प्रोटिन, एन्जाइम र हर्मोनसँग प्रक्रिया गरी स्वास्थ्यलाई असर पुर्‍याउँछ ।

सूर्यमुखी तथा भटमासको तेललाई पटक–पटक तताउँदा राम्रो फ्याटहरू ट्रान्सफ्याटमा परिणत हुन्छ । जसले शरीरमा नराम्रो कोलेस्ट्रोल बढाउँछ । यसले रक्तनलिमा रगत जम्ने सम्भावना बढाउँछ । तेललाई पटक–पटक तताउँदा त्यसमा उत्पादन हुने टोक्सिनले मुटु रोग, स्नायुरोग, कलेजो रोग तथा क्यान्सर हुने खतरा बढ्छ ।

त्यसले यी रोगहरू लाग्नबाट बच्नको लागि तेल पुनः तताएर प्रयोग गर्ने बानी हटाउनुपर्छ । मुटु, कलेजो स्नायु र क्यान्सरका बिरामीले यस्तो तेल प्रयोग गर्ने नहुने चिकित्सकको भनाइ छ ।  ।

 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ४६ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न