जनताको अधिकार सीमित गर्ने बाटोमा कांग्रेस–एमाले : शक्ति बस्नेत « Khabarhub

जनताको अधिकार सीमित गर्ने बाटोमा कांग्रेस–एमाले : शक्ति बस्नेत


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ऊर्जामन्त्री शक्ति बहादुर बस्नेतले संविधानलाई संशोधन गर्ने नाममा कांग्रेस-एमाले जनताको अधिकार सीमित गर्ने बाटोमा हिँड्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले संविधानको समीक्षा गर्ने बहानामा अनावश्यक संशोधन गर्दै जनताको अधिकार सीमित गर्ने बाटोमा कांग्रेस–एमाले हिँड्न खोजेको आरोप लगाए । 

उनले नयाँ गठबन्धनको आधार संविधान तोडफोड गर्नु नै भएको जिकिर गरे । माओवादीका नेता समेत रहेका बस्नेतले अहिलेको परिघटना पार्टी विशेषको मात्रै कुरा नभएको भन्दै देशको समग्र अवस्थाको विषय रहेको धारणा राखे । 

संसदीय व्यवस्थामा को सरकारमा जान्छ भन्ने विषय सामान्य रहेपनि यसले देशलाई पुराउने क्षतिका बारेमा समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

बस्नेतले जनतालाई अधिकारसम्पन्न बनाएर मात्रै मुलुक बन्छ भन्ने माओवादीको स्पष्ट दृष्टिकोण रहेको भन्दै सरकारमा रहेपनि नरहेपछि यसैमा ध्यान केन्द्रीत गर्ने बताए । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ३ : ३३ बजे

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर