कालिकास्थान-पुडिटार-लामेआहाल सडक शिलान्यास « Khabarhub

कालिकास्थान-पुडिटार-लामेआहाल सडक शिलान्यास


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

गण्डकीकोत्रे–बिरौटा सडक खण्डअन्तर्गत कालिकास्थान–पुडिटार–लामेआहाल सडक शिलान्यास गरिएको छ ।

पोखरा महानगरपालिका र सहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा आज कालिकास्थानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकको शिलान्यास गरे ।

विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको १२.४४ किमी लममे सडकको लागत अनुमान एक अर्ब आठ करोड ४८ लाख ९१ हजार तीन सय २६ रहेकामा रु ७७ करोड ६८ लाख ९२ हजार ८३७ मा आशिष निर्माण सेवा प्रालिसँग यही असार ६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको हो । 

ठेक्का सम्झौताको मितिबाट तीन सय ९० दिनमा काम सम्पन्न गर्नुपर्ने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो सडक आयोजना महानगरको गौरवको आयोजना भएको बताउँदै महानगरभित्र २८ अर्बभन्दा बढीका विभिन्न आयोजना सञ्चालन भइरहेको बताए । 

सहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले पोखराको विकासलाई पूर्वाधार विकास सरकारको पहिलो प्राथमिकतामा भएको बताए । 

पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले समयमा नै काम सम्पन्न गर्न सम्बद्ध सबैको साथ र सहयोग आवश्यक भएको बताए । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ४ : ४२ बजे

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र