पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै हो : प्रवक्ता महत « Khabarhub

पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै हो : प्रवक्ता महत


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै भएको बताएका छन् । 

नेपाल विद्यार्थी संघ तारकेश्वर समितिले एसईई उत्तीर्ण विद्यार्थी तथा विद्यालयहरूको सम्मानमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका महतले पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै  हो भन्ने सोच सबैले आत्मसात गरेर अगाडि बढे नेपालमा ठूलो आर्थिक परिवर्तन हुने पनि जिकिर गरे । 

‘अहिले बनेको कांग्रेस–एमालेको नयाँ समीकरण स्थिरताका लागि बनेको हो । यो समीकरणबाट निर्माण हुने सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने छ,’ उनले भने । 

नेपालजस्तो हरेक कुरामा राम्रो सम्भावना भएको देश संसारमा अर्को भेट्टाउन नसकिने भन्दै महतले देखासिकीमा लागेर देश नछोड्न पनि युवा विद्यार्थीहरूलाई आग्रह गरे । 

प्रवक्ता महतले बाहिरी झिलिमिली देखेर विदेशिने विद्यार्थीहरू विदेशमा पुगेर निकै अप्ठ्यारोमा पर्ने गरेको अर्थात आफूले प्रत्यक्ष देखेको भन्दै विदेश जाने मानसिकता  त्यागेर देशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : ४३ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले