मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी « Khabarhub

मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


22.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा गीतालाई बिहीबार दोषी ठहर गरेको हो ।

गीतामाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी शिक्षकको जागिर खाएको आरोप थियो । त्यही कसुरमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो ।

कैलालीको धनगढी उपमहानगरपालिका-९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी शिक्षिका गीताले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पूरा गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकी थिइन् ।

अख्तियारको छानबिनमा उक्त प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो । अख्तियारले उनीविरुद्ध २०७९ असोज ७ गते भ्रष्टाचार मुद्दा चलाए थियो ।

मुख्यमन्त्री पत्नी गीता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीकी नेतृ पनि थिइन् । विशेषले उनलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा ६ महिना जेल र १० हजार रुपैयाँ जरिवाना हुने पनि फैसला गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ६ : ०७ बजे

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई