मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई « Khabarhub

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मोरङ – दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको टोलीले प्राप्त गरेको छ ।

प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित उक्त प्रतियोगिताको आज विराटनगर–९ गुद्रीमा सम्पन्न फाइनल खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–२ सेटले पराजित गर्दै विजयी भएको हो ।

कोशीले पहिलो, दोस्रो र पाँचौँ सेट आफ्नो पक्षमा पारेको थियो । कोशीले पहिलो सेटमा सुदूरपश्चिमलाई २५–२३, दोस्रो सेटमा २५–१८ र पाँचौँ सेटमा १५–१३ ले पराजित गरेको थियो ।

कोशीले उपाधिका साथ नगद रु तीन लाख र ट्रफी प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिमले रु एक लाख ५० हजार र ट्रफी प्राप्त गरेको छ ।

तेस्रो स्थान प्राप्त मधेस प्रदेशले रु ७५ हजार र चौथो हुने बागमती प्रदेशले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी कोशी प्रदेशकी सुनिता खड्का, डिफेन्स मोनिका श्रेष्ठ र ब्लकर सुनिता राई भए ।

त्यसैगरी, उत्कृष्ट सेटर सुदूरपश्चिमकी रेखा ठगुन्ना र सर्भर ऋतिका खडायत भइन् । मधेस प्रदेशकी नेहा चौधरी उत्कृष्ट स्पाइकर घोषित भइन् ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राई र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले विजेता एवं उपविजेतालाई ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ८ : २८ बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने