मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई | Khabarhub Khabarhub

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मोरङ – दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको टोलीले प्राप्त गरेको छ ।

प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित उक्त प्रतियोगिताको आज विराटनगर–९ गुद्रीमा सम्पन्न फाइनल खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–२ सेटले पराजित गर्दै विजयी भएको हो ।

कोशीले पहिलो, दोस्रो र पाँचौँ सेट आफ्नो पक्षमा पारेको थियो । कोशीले पहिलो सेटमा सुदूरपश्चिमलाई २५–२३, दोस्रो सेटमा २५–१८ र पाँचौँ सेटमा १५–१३ ले पराजित गरेको थियो ।

कोशीले उपाधिका साथ नगद रु तीन लाख र ट्रफी प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिमले रु एक लाख ५० हजार र ट्रफी प्राप्त गरेको छ ।

तेस्रो स्थान प्राप्त मधेस प्रदेशले रु ७५ हजार र चौथो हुने बागमती प्रदेशले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी कोशी प्रदेशकी सुनिता खड्का, डिफेन्स मोनिका श्रेष्ठ र ब्लकर सुनिता राई भए ।

त्यसैगरी, उत्कृष्ट सेटर सुदूरपश्चिमकी रेखा ठगुन्ना र सर्भर ऋतिका खडायत भइन् । मधेस प्रदेशकी नेहा चौधरी उत्कृष्ट स्पाइकर घोषित भइन् ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राई र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले विजेता एवं उपविजेतालाई ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ८ : २८ बजे

रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो