परराष्ट्र सचिव लम्साल र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता « Khabarhub

परराष्ट्र सचिव लम्साल र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

दोस्रो बिमस्टेक मन्त्रीहरूको रिट्रीटमा सहभागी हुन दिल्ली पुगेकी लम्सालले बिहीबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् । भेटवार्तामा दुई देशबीच सहयोग विकास गर्नेबारे छलफल भएको बताइएको छ ।

भारतको नयाँ दिल्लीमा जुलाई ११–१२ मा हुने दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा बिमस्टेक ढाँचाभित्रका पारस्परिक हित र पूरकताका सहमति भएका क्षेत्रमा क्षेत्रीय सहयोग र साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने छन् ।

सो अवसरमा बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र सचिव नेतृत्वको टोली १३ जुलाई २०२४ मा काठमाडौँ फर्कने तालिका रहेको छ ।

 

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ११ : ०४ बजे

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा