परराष्ट्र सचिव लम्साल र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता « Khabarhub

परराष्ट्र सचिव लम्साल र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

दोस्रो बिमस्टेक मन्त्रीहरूको रिट्रीटमा सहभागी हुन दिल्ली पुगेकी लम्सालले बिहीबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् । भेटवार्तामा दुई देशबीच सहयोग विकास गर्नेबारे छलफल भएको बताइएको छ ।

भारतको नयाँ दिल्लीमा जुलाई ११–१२ मा हुने दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा बिमस्टेक ढाँचाभित्रका पारस्परिक हित र पूरकताका सहमति भएका क्षेत्रमा क्षेत्रीय सहयोग र साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने छन् ।

सो अवसरमा बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र सचिव नेतृत्वको टोली १३ जुलाई २०२४ मा काठमाडौँ फर्कने तालिका रहेको छ ।

 

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ११ : ०४ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन