उत्तरी आयरल्याण्डमा बम विष्फोट | Khabarhub Khabarhub

उत्तरी आयरल्याण्डमा बम विष्फोट


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलफाष्ट– बेलायतको प्रशासनमा रहेको उत्तरी आयरल्याण्डमा बम विष्फोट भएको छ । उत्तरी आयरल्याण्डको फेरमानाग काउन्टीमा बम विष्फोट भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । न्यूटाउनबट्लर शहरनजिक रहेको वाटल पुलमा उक्त बम विष्फोट भएको जनाइएको छ । उक्त स्थान आयरल्याण्ड गणतन्त्रको सीमानजिक पर्ने जनाइएको छ ।

पछिल्लो समय त्यहाँ बम राखिएको हल्ला चलेपछि सेनाको बम निष्कृय एकाईले त्यस क्षेत्रमा व्यापक खोजी गरेको थियो । खोजीका क्रममा एक शंकास्पद वस्तु मात्र फेला परेको बताइएको थियो । त्यसपछि शंकास्पद वस्तु भेटिएको स्थान नजिकै बम विष्फोट भएको हो । बम विष्फोटबाट सामान्यमात्र क्षति पुगेको अधिकारीले जनाएका छन् ।

पछिल्लो समय बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने विषयमा बेलायतमा तीब्र बहस चलिरहेका बेला बम विष्फोट भएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली युनियन ईयूसँग कुनै सम्झौता नगरी बाहिरिन तत्पर रहेका बेला आयरल्याण्ड गणतन्त्र र उत्तरी आयरल्याण्डको सीमामा थप कडाई हुने अवस्था आउने भन्दै आयरल्याण्डमा चिन्ता उत्पन्न हुँदै आएको छ । यसबाट आयरल्याण्डका विषयमा यसअघि भएका सम्झौताहरु उल्लङ्घन हुने र आइरिश द्वन्द्व चर्किनसक्ने टिप्पणी भइरहेको छ ।

बम विष्फोटको जिम्मा कुनै समूहले नलिइसकेपनि त्यस क्षेत्रमा इतिहासमा स्वतन्त्र एवं एकीकृत आइरिश गणतन्त्रका लागि आइरिश रिपब्लिकन आर्मी आइआरए नामक लडाकु समूह सक्रिय रहँदै आएको थियो । पछिल्ला केही समययता आयरल्याण्डमा आइरिश लडाकु समूह आइआरएको नयाँ गुट न्यू आइआरएले बम विष्फोट लगायतका हिंसात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको छ । केही महिनाअघि मात्र उत्तरी आयरल्याण्डको डेरी शहरमा हिंसामा परी एक पत्रकारको ज्यान गएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : २५ बजे

आमिरको पक्षमा सेन्सर बोर्डकाे निर्णय, ‘सितारे जमिन पर’ले पायो प्रदर्शन अनुमति

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’ले

देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छ: ट्रम्प

वाशिङ्टन – इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति

टी-२० सिरिज- आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

नारायणगढ-बुटवल सडक अवरुद्ध : वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

नवलपु – लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम