यी थिए पहिरोमा परेर त्रिशूलीमा खसेका बसमा सवार यात्रु « Khabarhub

यी थिए पहिरोमा परेर त्रिशूलीमा खसेका बसमा सवार यात्रु


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार बिहान ३ बजे पहिरोले बगाएका दुई बसमा काउन्टरबाट टिकट काटेका यात्रुको सूची आएको छ ।

काठमाडौं–वीरगञ्ज चल्ने बसमा २४ जना र काठमाडौं–गौरको बसमा ४१ जना यात्रु सवार रहेको जानकारी आएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएका थिए ।

ती दुवै बसमध्ये एन्जल डिलक्समा सुरुमा २१ जना यात्रुले काउन्टरबाट टिकट काटेको सूची भेटिएको छ ।

वीरगञ्जबाट काठमाडौं आइरहेको बसमा चालक जवाही महतो र सहचालक रामकुमार लामिछाने केसी रहेको चलानबाट देखिएको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्स यात्रु बसका लागि काउन्टरबाट २१ जनाले टिकट काटेको भेटिएको हो ।

उता काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्स लेखेको बसमा पनि २८ जनाले टिकट काटेको भेटिएको छ।

दुवै बसका अन्य यात्रु कहाँबाट थपिए भन्ने खुलेको छैन ।

दुवै बसमा सवार ६५ जनाको अवस्था अज्ञात छ । बसलाइ पहिराेले बगाउँदै गर्दा तीन यात्रु हामफालेर बाँच्न सफल भएकाे प्रहरीले जनाएकाे छ ।

चालक जवाहिर महतोले हाँकेको बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो । बसमा चालक र सहचालकसहित २४ जना सवार थिए ।

त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलका ७ गोताखोरसहित ७० जनाकाे टोली खटिएकाे छ ।

सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ । नेपाली सेनाले पनि गोताखोर परिचालन गरेको छ । उता नेपाल प्रहरी पनि उद्धारमा जुटेको छ ।

दुवै बस शुक्रबार बिहान ३ बजे भरतपुर नगरपालिका–२९ सिमलतालमा खसेको पहिरोमा परेर त्रिशुलीमा खसेर बेपत्ता भएका हुन्।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : ४८ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी