माइक्रोसफ्टद्वारा आफ्ना कर्मचारीलाई चीनमा एन्ड्रोइड फोन बोक्न प्रतिबन्ध « Khabarhub

माइक्रोसफ्टद्वारा आफ्ना कर्मचारीलाई चीनमा एन्ड्रोइड फोन बोक्न प्रतिबन्ध


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्रविधि कम्पनी माइक्रोसफ्टका कर्मचारीहरूले चीनमा एन्ड्रोइड फोन प्रयोग गर्न नपाउने भएका छन् ।

साइबर सुरक्षा र डेटा चोरीबाट बच्न अमेरिकी कम्पनी माइक्रोसफ्टले चीनमा रहेका आफ्ना कर्मचारीहरूलाई एन्ड्रोइड फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।

माइक्रोसफ्ट यो कदम साइबर सुरक्षाको अंश भएको बताएको छ । कर्मचारीहरूलाई पहिचान प्रमाणीकरणका लागि आइफोन अनिवार्य हुने बताइएको छ ।

यसका लागि माइक्रोसफ्टले आफ्ना कर्मचारीलाई आइफोन १५ वितरण गर्ने भएको छ । विश्वभर डेटा चुहावटका धेरै घटना हुन थालेपछि कम्पनीले यस्तो नीति लिएको बताएको छ ।

एप्पलको आईओएस स्टोर चीनमा उपलब्ध छ तर गुगल प्लेस्टोर उपलब्ध छैन। ह्वावे र स्याओमी जस्ता लोकप्रिय स्मार्टफोन कम्पनीले चीनमा आफ्ना प्लाटफर्म सर्वसाधारणका लागि खुला राखेका छन्। एन्ड्रोइड डिभाइस ह्याक गर्न सजिलो हुने विज्ञहरूको विश्वास छ। चीनमा गुगल प्लेको अभावले माइक्रोसफ्टलाई चिन्तित बनाएको छ।

साइबर सुरक्षाका यस्ता कदमले अमेरिका र चीनबीच विवाद बढ्न सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ४१ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर