एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै « Khabarhub

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । 

नेपाली कांग्रेसएमालेबीच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ ९२० बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्‍न ५ बजेसम्मको समय दिए । 

राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन् । 

चौथो पटक प्रधानमन्त्री हुन लागेका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गर्ने प्रबल सम्भावना रहेको दुवै दलका दोस्रो तहका केही नेताहरूले बताएका छन् । 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्र पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जानकारी दिए। पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन् । 

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् । लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लागेका उनले लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारवास भोगेका थिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ५ : ०१ बजे

चिडियाखानामा पनि बर्डफ्लू देखिएपछि…

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने