पश्चिमी सीमासम्म जोडियो कालोपत्र सडक « Khabarhub

पश्चिमी सीमासम्म जोडियो कालोपत्र सडक


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित नेपाल-भारत अन्तर्राष्ट्रिय सीमासम्म कालोपत्र सडक निर्माण गरिएको छ । नेपाल-भारत सीमासम्म जोड्ने नेपाली भूमिको कच्ची ग्राभेल सडक कालोपत्र गरिएको हो ।

भारतीय प्रशासनसँगको समन्वयमा वर्षौँपछि अन्तर्राष्ट्रिय सीमासम्मको सडक कालोपत्र गरिएको भीमदत्त नगरपालिका –११ का अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।

“भारतीय भूमितर्फ दुई देशको सीमासम्म अघिल्लो वर्ष नै सडक कालोपत्र भएको थियो । लामो प्रयास गर्दा पनि हाम्रोतर्फ कालोपत्र गर्न सकेका थिएनौँ”, उनले भने, “यसपालि त्यहाँको प्रशासनसँग समन्वय गरेर नेपाली भूमितर्फको सडक पनि कालोपत्र गरिएको छ ।”

उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले भीमदत्त नगरपालिका–११ मा सडक कालोपत्र गर्न चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा रु ४० लाख विनियोजन गरेको थियो । सोही बजेटमा गड्डाचौकीस्थित अन्तर्राष्ट्रिय सीमासम्म र भीमदत्त–११ का तीन ठाउँमा सडक कालोपत्र गरिएको वडाध्यक्ष थापाले बताए ।

नेपाल भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ नम्बर ८०५/१९७० बाट सडक कालापत्र गरेर नेपालतर्फ महाकाली पक्की पुलको पहुँचमार्गसम्म जोडिएको छ ।

“ग्राभेल सडक हुँदा आवातजावत गर्न धेरै अप्ठ्यारो हुन्थ्यो । अब कालोपत्र सडकमा पहुँचमार्ग हुँदै भन्सार कार्यालयबाट महेन्द्र राजमार्गमा जोडिएको छ”, स्थानीय हरिओम भट्टले भने, “कालोपत्र सडकमा सहज यात्रा गर्न पाउँदा खुसी लागेको छ ।”

गड्डाचौकी नाकाको बाटो भएर नेपाली नागरिक किनमेल तथा बिरामी लिएर औषधोपचारका लागि सीमावर्ती भारतीय बजार जाने गर्छन् । रोजगारीको खोजीमा नेपाली नागरिकका लागि भारत प्रवेश गर्न गड्डाचौकी नाका रोजाइँमा पर्ने हुनाले सडक कालोपत्र हुँदा सहजता थपेको उनीहरू बताउँछन् ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ३२ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण