ट्रम्पमाथिको आक्रमणप्रति बाइडेनले गरे निन्दा « Khabarhub

ट्रम्पमाथिको आक्रमणप्रति बाइडेनले गरे निन्दा


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रप्रति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणको निन्दा गरेका छन् ।

ट्रम्पमाथि गोली चल्दा डेलाभेयरमा रहेका उनले सबै अमेरिकीलाई एकजुट हुँदै आक्रमणको निन्दा गर्न आह्वान समेत गरेका छन् ।

उनले भनेका छन्– ‘अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान छैन, यस्ता घटनाका दोषीलाई माफी गर्न सकिँदैन ।’

बाइडेनले ट्रम्प सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताएका छन् ।

नेपाली समयअनुसार आइतबार बिहान अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि पेन्सिलभेनियाको बटलरमा भएको चुनावी सभामा गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट ट्रम्पको दाहिने कानको माथिल्लो भागमा घाउ लागेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

गोली प्रहार गर्ने व्यक्ति सुरक्षा कारबाहीमा मारिएका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : ०३ बजे

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको