आजको मौसम : देशभर सामान्य बदली, पूर्वका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने | Khabarhub Khabarhub

आजको मौसम : देशभर सामान्य बदली, पूर्वका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको न्यून चापिय रेखा औसतस्थानको आसपास रहेकाले आज (मंगलबार) देशभर सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापिय प्रणाली कमजोर बन्दै गएकाले पानी पर्ने सम्भावना कम हुँदै जाने छ । यद्यपी आज पूर्वी पहाडी जिल्लामा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।

महाशाखाले जारी गरेको ३ दिन मौसमको पूर्वानुमान यस्तो छ :

भदौं ३ गते (मंगलबार)
दिउँसो: देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राति: देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

भदौ ४ गते (बुधबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

राति: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

भदौ ५ गते (बिहीबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पूर्व र मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

राति: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

२४ घण्टे चेतावनी तथा परामर्श

देशको केही स्थानहरुमा मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन /चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

देशको पश्चिम तथा मध्य भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने खोलाहरुमा आकस्मिक नदिको बहावमा बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले ति भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ९ : १६ बजे

छठ पूजाको तेस्रो दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर

विराटनगरको सिंघिया घाटमा छठ पूजा (तस्बिरहरू)

मोरङ- विराटनगरको सिंघिया घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठपूजा गरिएको

छठ घाटहरूको अवलोकन गर्न गृहमन्त्री अर्याल जनकपुरधाममा

जनकपुर– आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन

मनाइयो मधेशको गाउँगाउँमा छठ (तस्बिरहरू)

काठमाडौं– छठको लागि पर्सा जिल्लाको जिराभवानी गाउँपालिका सेढवा गाउँका व्रतालुहरू

प्रधानमन्त्री कार्कीद्वारा अञ्जली मास्केलाई सम्मान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन्