बागलुङ पहिरो : मृतकका परिवारलाई छ लाख ५० हजार राहत « Khabarhub

बागलुङ पहिरो : मृतकका परिवारलाई छ लाख ५० हजार राहत


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

गलकोट– मनसुनजन्य विपद्बाट बागलुङमा तीन जनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले छ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको जनाएको छ ।

बागलुङमा मनसुनजन्य विपद्बाट गलकोट नगरपालिकामा एकै परिवारका दुई जनाको मृत्यु भएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको मृत्यु भएको थियो ।

मनसुनजन्य विपद्बाट मृत्यु भएकाका परिवारलाई सङ्घीय सरकार र प्रदेश सरकारका तर्फबाट आएको राहत प्रदान गरिँदै आएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

यही असार २७ गते राति बागलुङ–७ तितौरेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको थियो ।

मृतक शर्माकी छोरी निर्मला शर्मालाई दुई लाख ५० हजार रुपैयाँ नगद प्रदान गरिसकिएको सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार सङ्घीय सरकारको दुई लाख रुपैयाँ र प्रदेश सरकारको ५० हजार रुपैयाँ रकम मृतकको परिवारलाई प्रदान गरिएको छ ।

यस्तै, यही असार १५ गतेको राति अविरल वर्षाले घर पुर्दा श्रीमान्–श्रीमतीको मृत्यु भएको थियो ।

गलकोट–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको पहिरोमा परी ज्यान गएको थियो ।

मृतक श्रीमान्–श्रीमतीको परिवारलाई चार लाख रुपैयाँ एक मुष्ट नगद राहत प्रदान गरिएको प्रजिअ सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ४ : १६ बजे

सभामुखले आग्रह गर्दा पनि संसद् जान मानेनन् वालेन्द्र

काठमाडौं- प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्याल सिंहदरबारभित्रै बसिरहेका

विपक्षीको नाराबाजीबीच सभामुखले अगाडि बढाए संसद्

काठमाडौं– १५ मिनेटका लागि रोकेको प्रतिनिधिसभा बैठक २ घण्टापछि सुचारु

भाजपा र कांग्रेसलाई पछि पार्दै सामाजिक सञ्जालमा ककरोच जनता पार्टीको कीर्तिमान

काठमाडौं- पछिल्लो समय सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ककरोच जनता पार्टी’ नामक

अख्तियारको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले माग्यो फार्मेसी कर्मचारीको विवरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले आफ्ना मातहतका विभिन्न विभाग,

अर्थ प्रशासन सुधार र भ्याट प्रणालीमा एकल दरको सुझाव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा अर्थविद्हरूले कर प्रशासनको पुनःसंरचना, सार्वजनिक