विम्बल्डन टेनिसको उपाधि अल्कारेजलाई « Khabarhub

विम्बल्डन टेनिसको उपाधि अल्कारेजलाई


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व नम्बर तीन कार्लोस अल्कारेजले यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जितेका छन् ।

लन्डनस्थित सेन्ट्रल कोर्टमा आइतबार भएको खेलमा विश्व नम्बर दुई सर्बियन खेलाडी नोभाकजोकोभिचलाई ३–० को सोझो सेटमा हराउँदै स्पेनिस स्टार अल्कारेजले उपाधि जितेका हुन् ।

२१ वर्षीय अल्कारेजले ६–२, ६–२,७–६ को सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारेका हुन् । उनले सन् २०२३ को फाइनलमा पनि जोकोभिचलाई पराजित गर्दै उपाधि जितेका थिए ।

युवा खेलाडी अल्कारेजको यो चौथो ग्राण्डस्लाम उपाधि हो । उनले दुई विम्बल्डनसहित यसै वर्ष फ्रेन्च ओपन र २०२२ मा युएस ओपन जितेका थिए ।

यसअघि सात पटक विम्बल्डन जितेका जोकोभिच भने लगातार दोस्रो वर्ष उपविजेता बनेका छन् । २०२३ मा अस्ट्रेलियन, फ्रेन्च र युएस ओपन जितेका जोकोभिच यस वर्ष भने उपाधि विहीन बनेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ०३ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको