एमाले टुङ्ग्यायो मन्त्री बन्नेको नाम, को को बन्दै छन् ? « Khabarhub

एमाले टुङ्ग्यायो मन्त्री बन्नेको नाम, को को बन्दै छन् ?


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो ।

जस अनुसार विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् । यस्तै, पृथ्वीसुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छिन् ।

यसैगरी, मानवीर राई रक्षा, दामोदर भण्डारी उद्योग, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरूले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ९ : ३३ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी