भारतमा थोक मुद्रास्फीति बढ्यो « Khabarhub

भारतमा थोक मुद्रास्फीति बढ्यो


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– अखिल भारतीय थोक मूल्य सूचकांक (डब्लुपिआई) मा आधारित मुद्रास्फितिको वार्षिक दर मे महिनामा दुई दशमलव ६१ प्रतिशतको तुलनामा जुनमा तीन दशमलव ३६ प्रतिशत रहेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबार जनाएको छ ।

‘यो सन् २०२४ मा मुद्रास्फितिको सकारात्मक दर मुख्यतया खाद्य वस्तुहरूको मूल्य वृद्धि, खाद्य उत्पादनहरूको उत्पादन, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास, खनिज तेल, अन्य उत्पादन आदिको कारणले हो’, मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

डब्लुपिआई खाद्य सूचकांकमा आधारित मुद्रास्फीति वार्षिक दर सन् २०२४ जुनमा वार्षिक आधारमा बढेर आठ दशमलव ६८ प्रतिशत भएको छ । यो मे महिनामा सात दशमलव ४० प्रतिशत थियो ।

खाद्यान्नको मूल्यहरू जुन सन् २०२४ मा वार्षिक रूपमा ८.६८ प्रतिशतले वृद्धि भएको थियो, जुन मे महिनामा देखिएको ७.४० प्रतिशतले बढेको थियो । प्याजको हकमा मे महिनामा ५८ दशमलव ०५ प्रतिशतबाट जुनमा ९३ दशमलव ३५ प्रतिशत पुगेको छ ।

फलफूलको डल्युपिआई पनि मे महिनामा पाँच दशमलव ८१ प्रतिशतबाट बढेर जुनमा १० दशमलव १४ प्रतिशत पुगेको मन्त्रालयले सार्वजनिक गरेको मासिक तथ्यांकले देखाएको छ । 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : २४ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ