भारतमा थोक मुद्रास्फीति बढ्यो | Khabarhub Khabarhub

भारतमा थोक मुद्रास्फीति बढ्यो


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– अखिल भारतीय थोक मूल्य सूचकांक (डब्लुपिआई) मा आधारित मुद्रास्फितिको वार्षिक दर मे महिनामा दुई दशमलव ६१ प्रतिशतको तुलनामा जुनमा तीन दशमलव ३६ प्रतिशत रहेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबार जनाएको छ ।

‘यो सन् २०२४ मा मुद्रास्फितिको सकारात्मक दर मुख्यतया खाद्य वस्तुहरूको मूल्य वृद्धि, खाद्य उत्पादनहरूको उत्पादन, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास, खनिज तेल, अन्य उत्पादन आदिको कारणले हो’, मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

डब्लुपिआई खाद्य सूचकांकमा आधारित मुद्रास्फीति वार्षिक दर सन् २०२४ जुनमा वार्षिक आधारमा बढेर आठ दशमलव ६८ प्रतिशत भएको छ । यो मे महिनामा सात दशमलव ४० प्रतिशत थियो ।

खाद्यान्नको मूल्यहरू जुन सन् २०२४ मा वार्षिक रूपमा ८.६८ प्रतिशतले वृद्धि भएको थियो, जुन मे महिनामा देखिएको ७.४० प्रतिशतले बढेको थियो । प्याजको हकमा मे महिनामा ५८ दशमलव ०५ प्रतिशतबाट जुनमा ९३ दशमलव ३५ प्रतिशत पुगेको छ ।

फलफूलको डल्युपिआई पनि मे महिनामा पाँच दशमलव ८१ प्रतिशतबाट बढेर जुनमा १० दशमलव १४ प्रतिशत पुगेको मन्त्रालयले सार्वजनिक गरेको मासिक तथ्यांकले देखाएको छ । 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : २४ बजे

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप