ओली सरकारको पहिलो मन्त्रिपरिषदले के–के गर्‍यो निर्णय ? « Khabarhub

ओली सरकारको पहिलो मन्त्रिपरिषदले के–के गर्‍यो निर्णय ?


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ ।

नयाँ सरकार गठन भएर सोमबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले बाढी पहिरोमा मृतकका परिवारलाई राहत प्रदान गर्ने, २०८२ असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त बनाउने, ३०० दिन भित्र किर्तिपुरस्थित क्रिकेट स्टेडियममा फ्लडलाइट र प्याराफिट निर्माण गर्ने, जाजरकोट केन्द्र भएर गएको भूकम्पका प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने, विपदमा बेपत्ता भएका र १० दिनभित्र नभेटिएकाहरुलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

त्यस्तै निमित्त मुख्य सचिव रहेकी लिला देवी गड्तौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ८ : २८ बजे

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए

भारी वर्षापछि लुम्बिनीका मुख्य सात सडक अवरुद्ध

बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी