चीनमा खाद्य असुरक्षा बढ्दै, खेतियोग्य जमिन घट्दै | Khabarhub Khabarhub

चीनमा खाद्य असुरक्षा बढ्दै, खेतियोग्य जमिन घट्दै


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा खाद्य असुरक्षा बढ्दै गएको पाइएको छ । किसानको सङ्ख्या र खेतियोग्य जमिन घट्दै गएपछि चीनमा खाद्य असुरक्षाको जोखिम बढेको हो ।

सन् २००० देखि सन् २०२० सम्म चीनको खाद्य आत्मनिर्भरता दर ९३.६ प्रतिशतबाट घटेर ६५.८ प्रतिशत पुगेको छ । विश्वको कुल खेतियोग्य जमिनको १० प्रतिशत र जलस्रोतको ६ प्रतिशत रहेको चीनमा विश्वको २० प्रतिशत जनसङ्ख्या रहेको छ । 

सन् २०१९ मा गरिएको अध्ययनका क्रममा सन् २०१९ मा अघिल्लो दशकको तुलनामा खेतियोग्य जमिन ६ प्रतिशतले घटेको पाइएको थियो । प्रदूषण र अधिक दोहनका कारण खेतियोग्य जमिनको क्षेत्र घट्दै गएको जानकारहरू बताउँछन् ।

चिनियाँ युवाहरु गाउँ छाडेर शहर जाने प्रवृत्तिका कारण किसानको सङ्ख्यामा पनि कमी आउन थालेको जनाइएको छ । त्यस्तै, चिनियाँ युवापुस्ताले स्वदेशी खाद्यान्नमा खासै विश्वास नगर्ने र आयातित खाद्यान्नमा बढी रुचि राख्ने भएकाले पनि ठूलो परिमाणमा चीनले खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको छ ।

पछिल्लो समय चीनको मध्यम वर्ग मासु, चिनी र प्रशोधित अन्नमा आधारित खानेकुरातर्फ बढी आकर्षित हुने गरेको छ । यसको असर परम्परागत रुपमा चीनमै उत्पादन हुने अन्न र सागसब्जीमा आधारित खानेकुराको उपभोगमा परिरहेको छ । सन् १९९० यता चीनमा मासुको उपभोग तीन गुणाले बढेको छ ।

रुस–युक्रेन युद्ध, आपूर्तिचक्रमा आएको व्यवधान र भूराजनीतिक टकरावका कारणले गर्दा पनि चीनको खाद्यान्न आयातमा चुनौति थपिएको विश्लेषण गरिएको छ ।

चिनियाँ इतिहासमा खाद्यान्नको अभाव र अनिकालको लामो दृष्टान्त पाइन्छ । यस्तो अवस्थाका कारण चीनमा ठूलो सामाजिक र राजनीतिक परिवर्तन आउने गरेको इतिहासमा पाइन्छ । 

पछिल्लो पटक चीनमा सन् १९५८ देखि सन् १९६२ सम्म अनिकालको अवस्था आएको थियो ।सन् २०२२ मा सन् १९८९ यता पहिलो पटक चीनमा खाद्यान्नको अभावका कारण प्रदर्शन भएको थियो ।

स्रोत–एएनआई

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १२ : ५१ बजे

सामुदायिक खानेपानीमा लाग्दै आएको कर खारेज गछौँ ः मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी, सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक

‘पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने छ’

गलकोट– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट

महानगर र अतिक्रमणकारीको जुधाइ, गरिखानेको मिचाइ !

काठमाडौं – काठमाडौँ महानगरमा बालेन्द्र शाह (बालेन) नेतृत्वमा पछिल्लो स्थानीय

कर्णालीका पचास स्थानीय तहलाई ८० प्रतिशत अनुदान

काँक्रेविहार– कर्णालीका अधिकांश स्थानीय तहले सङ्घीय सरकारबाट ८० प्रतिशतसम्म समपूरक

माओवादीको पक्षमा नयाँ लहर सुरु भएको छ : प्रचण्ड

चितवन– पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी