८ जना हुण्डी कारोवारीविरुद्ध १ अर्ब २८ करोडको मुद्दा दर्ता « Khabarhub

८ जना हुण्डी कारोवारीविरुद्ध १ अर्ब २८ करोडको मुद्दा दर्ता


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जबाट पक्राउ परेका ८ जना हुण्डी कारोबारीविरुद्ध १ अर्ब २८ करोड ४३ लाखभन्दा बढी बिगो दावी गर्दै अदालतमा मुद्दा दायर भएको छ ।

गत असार ९ गते वीरगन्ज महानगरपालिका–६ माइस्थानबाट पक्राउ परेका ६ नेपाली र २ जना भारतीय विरुद्ध बैंक तथा वित्तिय र संगठित अपराध मुद्दामा मुद्दा दायर गरिएको हो ।

प्रहरीले गत असार ९ गते वीरगन्जको माइस्थानस्थित कन्हैया सोनारले सञ्चालन गरेको गहना पसलको छेउबाट ८ जना हुण्डी कारोबारी पक्राउ परेका थिए ।

पक्राउ पर्ने नेपाली नागरिकहरुमा वीरगन्ज महानगरपालिका–६ घर भएका ३७ वर्षीय रोकेश कुमार सिंह, वीरगन्ज–१० का २६ वर्षी चन्दन कुमार सर्राफ, रौतहटको चन्द्रनपुर नगरपालिका–७ का ३३ वर्षी विनोद सुनार, पर्साको छिपहरमाइ नगरपालिका–२ का ३५ वर्षीय राज कपुर साह, पर्साको विन्दवासिनी गाउँपालिका–२ का २४ वर्षीय सुजित कुमार साह र बाराको परवानीपुर गाउँपालिका– १ का २९ वर्षीय घनश्याम सर्राफ थिए । पक्राउ पर्ने भारतीय नागरिकमा भारतीय राज्य बिहारको मोतिहारीअन्तर्गत पूर्वी चम्पारण घर भएका ३६ वर्षीय सुनिल कुमार प्रसाद र मोतिहारीकै नैनपुर घर भएका ३५ वर्षी गुलाव साह थिए ।

उनीहरुले गहना पसलको आडैमा रहेको कोठाबाट हुण्डी कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १ : २८ बजे

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले