८ जना हुण्डी कारोवारीविरुद्ध १ अर्ब २८ करोडको मुद्दा दर्ता | Khabarhub Khabarhub

८ जना हुण्डी कारोवारीविरुद्ध १ अर्ब २८ करोडको मुद्दा दर्ता


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जबाट पक्राउ परेका ८ जना हुण्डी कारोबारीविरुद्ध १ अर्ब २८ करोड ४३ लाखभन्दा बढी बिगो दावी गर्दै अदालतमा मुद्दा दायर भएको छ ।

गत असार ९ गते वीरगन्ज महानगरपालिका–६ माइस्थानबाट पक्राउ परेका ६ नेपाली र २ जना भारतीय विरुद्ध बैंक तथा वित्तिय र संगठित अपराध मुद्दामा मुद्दा दायर गरिएको हो ।

प्रहरीले गत असार ९ गते वीरगन्जको माइस्थानस्थित कन्हैया सोनारले सञ्चालन गरेको गहना पसलको छेउबाट ८ जना हुण्डी कारोबारी पक्राउ परेका थिए ।

पक्राउ पर्ने नेपाली नागरिकहरुमा वीरगन्ज महानगरपालिका–६ घर भएका ३७ वर्षीय रोकेश कुमार सिंह, वीरगन्ज–१० का २६ वर्षी चन्दन कुमार सर्राफ, रौतहटको चन्द्रनपुर नगरपालिका–७ का ३३ वर्षी विनोद सुनार, पर्साको छिपहरमाइ नगरपालिका–२ का ३५ वर्षीय राज कपुर साह, पर्साको विन्दवासिनी गाउँपालिका–२ का २४ वर्षीय सुजित कुमार साह र बाराको परवानीपुर गाउँपालिका– १ का २९ वर्षीय घनश्याम सर्राफ थिए । पक्राउ पर्ने भारतीय नागरिकमा भारतीय राज्य बिहारको मोतिहारीअन्तर्गत पूर्वी चम्पारण घर भएका ३६ वर्षीय सुनिल कुमार प्रसाद र मोतिहारीकै नैनपुर घर भएका ३५ वर्षी गुलाव साह थिए ।

उनीहरुले गहना पसलको आडैमा रहेको कोठाबाट हुण्डी कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १ : २८ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक