प्रहरी ऐन संशोधनको प्रस्ताव छिटै संसद्‌मा पुर्‍याउने गृहमन्त्रीको प्रतिवद्धता « Khabarhub

प्रहरी ऐन संशोधनको प्रस्ताव छिटै संसद्‌मा पुर्‍याउने गृहमन्त्रीको प्रतिवद्धता


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गृहमन्त्री रमेश लेखकले ‘ नेपाल प्रहरी ऐन २०१२’ सम्बन्धी संशोधनको प्रस्ताव एक महिनाभित्र संसद्‌मा पुर्‍याउने बताएका छन् ।

 बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लेखकले प्रहरी सम्बन्धी कानुनको संशोधन अहिलेको प्राथमिकता भएको बताएका हुन् ।

 ‘केही कानुन नयाँ बनाउनुपर्ने छ । केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ । २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौं । बिचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन् । अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्ने छ,’ उनले भने ।

प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउनका लागि प्रहरी ऐनमा संशोधन आवश्यक रहेको गृहमन्त्री लेखकको भनाइ छ ।

‘प्रहरी समायोजन ऐन २०७६ छ । संघ र प्रदेशको प्रहरीबिच समायोजन गर्ने उद्देश्य लिएर २०७६ मा ऐन बनायौँ । त्यो ऐन अनुसार प्रहरी समायोजन हुन सकेको छैन,’ उनले भने, ‘त्यसमा पनि केही परिमार्जनको आवश्यकता छ भन्ने विज्ञ साथीहरूको कुरा उठेको छ । नेपाली प्रहरी र प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयको विषयमा पनि केही पुनरावलोकनको आवश्यकता देखिन्छ ।’

यस्तै उनले नेपाल प्रहरीमा जनशक्तिको अभाव रहेको बताए। स्रोत साधनको अभावमा पनि नेपाल प्रहरीले राम्रो काम गरिरहेको उनले बताए ।

 ‘जनसंख्याको अनुपातमा हेर्दा पनि प्रहरी सङ्ख्या कम छ । प्राविधिक प्रहरीको सङ्ख्या हेर्दा पनि कम छ । साधन र स्रोत कम हुँदा पनि नेपाल प्रहरीले सबैभन्दा राम्रो काम गरिरहेको छ । भोलि नै सबै कुरा गर्न सकिन्छ भन्ने होइन । यी विषयलाई सम्बोधन गर्दै जानुपर्छ,’ गृहमन्त्री लेखकले भने ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : २६ बजे

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने

गोरखा– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र

रास्वपा छाडेकी सुमना कांग्रेससँग संवादमा

काठमाडौं- पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौं– वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । 

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धपछिको प्रक्रिया व्यवस्थापन