कांग्रेस-एमालेसहित सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला « Khabarhub

कांग्रेस-एमालेसहित सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


32.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दलहरूको मुख्य सचेतकमा नेकपा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार सत्तारूढ दलहरू मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।

नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको हो ।

मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने गरिन्छ । मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने संसदीय व्यवस्था छ ।

बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर काम गरिसकेका छन् । उनी मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ३ : ०१ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा