ठूला उद्योगमा आएन प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता, सानामा चासो « Khabarhub

ठूला उद्योगमा आएन प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता, सानामा चासो


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गत आर्थिक वर्ष २०८०/०८१ मा नेपालका ठूला उद्योगमा प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता न्यून रह्यो । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ठूला उद्योगमा भन्दा साना उद्योगमा विदेशी लगानीकर्ताले चासो देखाएको पाइएको छ ।

एक वर्ष अवधिमा ६ वटा ठूला उद्योगमा मात्र वैदेशिक लगानी प्रतिबद्धता आएको छ । नेपालको हकमा ५० करोड रुपैयाँभन्दा बढी पुँजी भएको उद्योगलाई ठूला उद्योगमा गणना गरिन्छ । तर विभागले सार्वजनिक गरेको तथ्याङ्क हेर्दा विदेशीले ठूला उद्योगमा भन्दा साना उद्योगमा बढी लगानी प्रतिबद्धता गरेको देखिएको हो ।

गत आवमा ३८६ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आउँदा ठूला उद्योगमा भने ६ वटा मात्र लगानी प्रतिबद्धता आएको छ । मझौला उद्योगमा पनि विदेशी लगानी प्रतिबद्धता त्यति धेरै आएको छैन ।

गत आवमा मझौला उद्योगमा १५ वटा लगानी प्रतिबद्धता आएको छ । लगानीकर्ताहरूले साना, मझौला र ठूला गरेर ४०७ वटा उद्योगमा कुल ६१ अर्ब ९० करोड ४५ लाख ४६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन्‌ । उद्योग विभागले ती उद्योगमा २२ हजार ९४ जना व्यक्तिले रोजगारी पाउने जनाएको छ ।

गत आवमा नेपालमका ६५ कम्पनीको ११ अर्ब ६५ करोड ६८ लाख ४० हजार रुपैयाँ बराबरको शेयर विदेशी लगानीकर्ताले किन्ने प्रतिबद्धता जनाएका छन् ।

वैदेशिक लगानीमा सञ्चालन हुने मध्ये ५६ आयोजनामा भने प्रविधि हस्तान्तरण गर्नुपर्ने प्रतिबद्धता जनाएको विभागले जनाएको छ । सबैभन्दा बढी लगानी पर्यटन र सबैभन्दा कम खनिज र ऊर्जा क्षेत्रमा लगानी प्रतिबद्धता आएको देखिएको छ ।

पर्यटन क्षेत्रका १९७ वटा आयोजनामा लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, सेवा क्षेत्रमा १३३ वटा अर्थात्‌ ३३ प्रतिशत, खनिजमा ३ वटा अर्थात्‌ १ प्रतिशत, पूर्वधार ६ वटा अर्थात्‌ १ प्रतिशत, प्रतिवधि क्षेत्रमा ११ वटा अर्थात्‌ ३ प्रतिशत, उत्पादन ४६ वटा अर्थात्‌ ११ प्रतिशत, उर्जामा ३ वटा अर्थात्‌ १ प्रतिशत र कृषिमा ८ वटा अर्थात्‌ २ प्रतिशत लगानी प्रतिबद्धता आएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : १३ बजे

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौं– राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ ।

दक्षिण भारतमा भारी वर्षाका, छ जनाको मृत्यु

एजेन्सी– भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको

प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध, सभामुखद्वारा विपक्षीसँग छलफल आह्वान

काठमाडौं – प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएपछि विपक्षी

संसदीय गरिमा कायम गर्न सांसदहरूको जोड, सरकारसँग जवाफ माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले संसदीय मर्यादा र गरिमा सबै पक्षबाट पालना

यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय