ठूला उद्योगमा आएन प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता, सानामा चासो « Khabarhub

ठूला उद्योगमा आएन प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता, सानामा चासो


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गत आर्थिक वर्ष २०८०/०८१ मा नेपालका ठूला उद्योगमा प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता न्यून रह्यो । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ठूला उद्योगमा भन्दा साना उद्योगमा विदेशी लगानीकर्ताले चासो देखाएको पाइएको छ ।

एक वर्ष अवधिमा ६ वटा ठूला उद्योगमा मात्र वैदेशिक लगानी प्रतिबद्धता आएको छ । नेपालको हकमा ५० करोड रुपैयाँभन्दा बढी पुँजी भएको उद्योगलाई ठूला उद्योगमा गणना गरिन्छ । तर विभागले सार्वजनिक गरेको तथ्याङ्क हेर्दा विदेशीले ठूला उद्योगमा भन्दा साना उद्योगमा बढी लगानी प्रतिबद्धता गरेको देखिएको हो ।

गत आवमा ३८६ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आउँदा ठूला उद्योगमा भने ६ वटा मात्र लगानी प्रतिबद्धता आएको छ । मझौला उद्योगमा पनि विदेशी लगानी प्रतिबद्धता त्यति धेरै आएको छैन ।

गत आवमा मझौला उद्योगमा १५ वटा लगानी प्रतिबद्धता आएको छ । लगानीकर्ताहरूले साना, मझौला र ठूला गरेर ४०७ वटा उद्योगमा कुल ६१ अर्ब ९० करोड ४५ लाख ४६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन्‌ । उद्योग विभागले ती उद्योगमा २२ हजार ९४ जना व्यक्तिले रोजगारी पाउने जनाएको छ ।

गत आवमा नेपालमका ६५ कम्पनीको ११ अर्ब ६५ करोड ६८ लाख ४० हजार रुपैयाँ बराबरको शेयर विदेशी लगानीकर्ताले किन्ने प्रतिबद्धता जनाएका छन् ।

वैदेशिक लगानीमा सञ्चालन हुने मध्ये ५६ आयोजनामा भने प्रविधि हस्तान्तरण गर्नुपर्ने प्रतिबद्धता जनाएको विभागले जनाएको छ । सबैभन्दा बढी लगानी पर्यटन र सबैभन्दा कम खनिज र ऊर्जा क्षेत्रमा लगानी प्रतिबद्धता आएको देखिएको छ ।

पर्यटन क्षेत्रका १९७ वटा आयोजनामा लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, सेवा क्षेत्रमा १३३ वटा अर्थात्‌ ३३ प्रतिशत, खनिजमा ३ वटा अर्थात्‌ १ प्रतिशत, पूर्वधार ६ वटा अर्थात्‌ १ प्रतिशत, प्रतिवधि क्षेत्रमा ११ वटा अर्थात्‌ ३ प्रतिशत, उत्पादन ४६ वटा अर्थात्‌ ११ प्रतिशत, उर्जामा ३ वटा अर्थात्‌ १ प्रतिशत र कृषिमा ८ वटा अर्थात्‌ २ प्रतिशत लगानी प्रतिबद्धता आएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : १३ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक