प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत आज एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई भनेका छन्, “यहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।”

आफ्नो सन्देशमा प्रधानमन्त्री लिले हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरूबीच ६९ वर्षदेखिको मित्रवत् सम्बन्ध पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा समानताको असल उदाहरण भएको बताएका छन् ।

प्रधानमन्त्री लिले दुई देशका नेताबीच भएको महत्त्वपूर्ण समझदारी नेपाल–चीन उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य एवं विकास र समृद्धिका लागि विविध क्षेत्रसहित नेपाल–चीनबीचका नयाँ रणनीतिक सहकार्य सम्झौता विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १० : २० बजे

प्यालेस्टिनी राज्य वार्ताबाट मात्र सम्भव : जर्मनी

एजेन्सी– जर्मनीले सोमबार इजरायल–प्यालेस्टिनीबीच वार्ता नगरी दुई-राज्य समाधान सम्भव नहुने

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कर्णाली– ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ

भाटभटेनी जलेपछि कविताको चित्कार- दुःख गरेर खानी भाँडो पापीहरूले रित्याए

काठमाडौं– स्याङ्जा कालीगण्डकी गाउँपालिकाकी कविता पाण्डेय विगत चार वर्षदेखि भाटभटेनी सुपरमार्केटमा

नवनियुक्त चार मन्त्रीहरूले लिए शपथ

काठमाडौं– नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

दसैँको समयमा राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

दोधारा चाँदनी – दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे