सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको चहपहल « Khabarhub

सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको चहपहल


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशको मौलिक सांस्कृतिक गौरा पर्वको चहलपहल यस क्षेत्रमा शुरु भएको छ । आज भदौ पञ्चमी तिथिका दिन यो पर्व मनाउने समुदायका श्रद्धालु महिलाले आआफ्नो घरमा धार्मिक अनुष्ठानका साथ पाँच थरीका गेडागुडी अर्थात् ‘बिरुडा’ को व्यवस्थापन गरेका छन् ।

महिलाले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा मास, गहत, कलौ, चनालगायतका पाँच थरीका गेडागुडी भिजाएर व्यवस्थापन गरेपछि औपचारिक रुपमा गौरा पर्व शुरु भएको मानिन्छ ।

व्रतालु महिलाले सामूहिक रुपमा धान, स्याउ, अपामार्ग, कुस लगायतका बोट बिरुवाबाट गौरा भगवतीको प्रतिमा तयार पारेर अनुष्ठानका साथ गौरा भित्र्याउने गर्दछन् । गौरा भित्र्याइसकेपछि व्रतालु तथा श्रद्धालु महिलाले गौरी भगवती र महेश्वर(शिव) भगवानको पूजा अर्चना गर्ने गर्दछन् ।

पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ को विशेष महत्व छ । ‘बिरुडा’ लाई गौरा र महेश्वरको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादको रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसरी खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वाससमेत छ ।

यो पर्व मनाउन धनगढीको वनदेवी, नैनादेवी, शिवपुरीलगायतका मन्दिरका साथै गौरा घरमा विशेष तयारी गर्न लागिएको छ । पूजाको काम सकिएपछि हरेक दिन महिला पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी, देउडा, खेल खेलेर रमाइलो गर्ने गर्दछन् ।

पौराणिक कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिको रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकोले सोही बेलादेखि यो पर्व मनाउने गरिएको किंवदन्ती छ । गौरा सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको पनि अर्को भनाइ रहेको छ ।

यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने, इष्टकूल देवता खुशी हुने विश्वास गरिन्छ । अनुकूल तिथिका दिन यो पर्व विसर्जन गरिन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  २ : ३८ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती