बानेश्वरमा गुडिरहेको बसबाट जब धुँवाको मुस्लो निस्कियो « Khabarhub

बानेश्वरमा गुडिरहेको बसबाट जब धुँवाको मुस्लो निस्कियो


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एउटा बसबाट धुँवाको मुस्लो निस्किँदा केही बेर जनजीवन आतंकित बन्यो ।

बानेश्वर चोकनजिकै पेट्रोल पम्पभन्दा केही अगाडिको सडकमा गुडिरहेको बसमा अचानक बाक्लो धुँवाको मुस्लो निस्किएको हो ।

भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवनअगाडिको सडकमा पुग्दा घटना भएको हो ।

बुधबार बिहान पौने ११ बजेतिर धुँवाको मुस्लो देखिएपछि बस रोकेर सबै यात्रु झारिएको थियो ।

इन्जिनबाट धुँवाको मुस्लो निस्किएपछि सडकमै रोकेर अग्निनियन्त्रक पनि बोलाइएको थियो । बसलाई प्राविधिक बोलाएर मर्मत गरिएको छ ।

नयाँ बानेश्वर बृत्तका डीएसपी शिवराज बुढाथोकी बस रोकेर मर्मत भइरहेकाले जनजीवन सामान्य रहेको बताए । उनका अनुसार बाक्लो धुँवाको मुस्लो निस्किएपछि आगो लागेर फैलिन भने पाएन ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  १२ : ४३ बजे

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

म्याग्दी– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने