मलेसियामा अवैधानिक कामदारमाथिको धरपकड तीब्र, ५ नेपालीसहित १०६ विदेशी पक्राउ « Khabarhub

मलेसियामा अवैधानिक कामदारमाथिको धरपकड तीब्र, ५ नेपालीसहित १०६ विदेशी पक्राउ


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेशियामा अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिकमाथि तीब्र धरपकड शुरु गरेको छ । मलेसियाको मुख्य शहर क्वालालम्पुरका विभिन्न क्षेत्रमा मलेसिया प्रहरीले अवैध विदेशी कामदारको खोजतलाश गरेको हो ।

उक्त क्षेत्रमा २ सय ८ जनाको चेकजाँचका क्रममा १ सय ६ जनासँग वैधानिक रुपमा बसोबासको अनुमति नभएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले खोजतलाश जारी रहने जनाएको छ ।

अवैधानिक रुपमा बस्दै आएका १ सय ६ जना विदेशी श्रमिक एकै दिनमा प्रहरीले पक्राउ गरेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

मलेसियाली अनलाइन द सनका अनुसार ४३ जना म्यानमारका नागारिक, ५ जना नेपाली, ३२ जना बंगलादेश, १२ जना भारत, ९ जना ईण्डोनेशिया, २ जना नाइजेरिया, २ जना श्रीलंका तथा एक जना पाकिस्तानी पक्राउ परेका छन् ।

सामान्य जरिवाना तिराएर घर फर्काउने ‘गुड फर व्याक’ कार्यक्रमसँगै प्रहरीले धरपकड पनि तीब्र बनाएको छ । मलेशियाका विभिन्न शहरहरुमा अवैध विदेशी श्रमिकको खोजतलाशमा प्रहरीले सक्रियता देखाएको हो ।

मलेशिया सरकारले दिएको व्याक फर गुड कार्यक्रममार्फत ७ सय रिंगिट जरिवाना तिरेर स्वदेश फर्किने नेपाली कामदारको संख्य पछिल्लो समय भने उल्लेख्य रहेको मलेसियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

दूतावासले व्याक फर गुड कार्यक्रममा सहभागी नेपाली श्रमिकको फर्म भरिदिने, अध्यागमन कार्यालय लैजाने तथा ल्याउने लगायतको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ३ : ५७ बजे

सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : ट्रम्प

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको

‘पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउनुपर्छ’

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको

छुसाङ–घमी सडक स्तरोन्नति गर्न स्रोत सहमति सुनिश्चित

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत

संसदलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन

काठमाडौं– नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री संसद्को नेता हुने भएकाले

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

काठमाडौं– जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घट्ना