यशको ‘हिरो’ गीतमा आत्महत्या दुरुत्साहनको विषय « Khabarhub

यशको ‘हिरो’ गीतमा आत्महत्या दुरुत्साहनको विषय


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गायक यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक गरेका छन् । दरबारमार्गमा बुधबार एक कार्यक्रमको आयोजना गरी औपचारिकरुपमा गीत सार्वजनिक गरिएको हो । 

‘हिरो’मा गीतमा गायक यश कुमारकै शब्द, संगीत र स्वर रहेको छ । भिडियोमा अभिनेतृ गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ । साथै, गीतको भिडियोमा गायक यश कुमार पनि अतिथीय भूमिकामा देखिएका छन् ।

यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यो उनको यशसँगको पाँचौँ सहकार्य हो । यश र निकेश एकअर्कालाई आफ्नो ‘लक्की चार्म’ मान्ने गर्छन् । 

‘हिरो’ गीतको भिडियोमार्फत गायक यश कुमारले आत्महत्या दुरुत्साहनको विषय उठान गरेका छन् । 

सोही कार्यक्रममार्फत गायक यश कुमारले आफ्नो २६ वर्ष पूरानो सुपरहिट गीत ‘हिजो अर्कैसँग देखेँ’को ‘फिमेल भर्सन’ पनि सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ८ : ०५ बजे

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले