सूर्यकुमार यादव बने भारतीय टी-२० टोलीको नयाँ कप्तान « Khabarhub

सूर्यकुमार यादव बने भारतीय टी-२० टोलीको नयाँ कप्तान


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सूर्यकुमार यादव भारतीय टी२० क्रिकेट टोलीको नयाँ कप्तान बनेका छन् । श्रीलंकाविरूद्ध हुने टी–२० सिरिजका लागि भारतले सूर्यकुमार यादवको कप्तानीमा टोली घोषणा गरेको हो ।

टी– २० विश्वकपको उपाधि जितेसँगै कप्तान रोहित शर्माले टी–२० बाट सन्न्यास लिएपछि टोलीको टी–२० टिमको कप्तान खाली भएको थियो ।

भारतले जुलाई २७ देखि अगस्ट ७ सम्म श्रीलंकासँग तीन एकदिवसीय र तीन टी–२० आई खेल खेल्दैछ । एकदिवसीयमा भने भारतको कप्तानी रोहित शर्माले गर्ने छन् ।

श्रीलंकामा हुने सिरिज नयाँ प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा भारतको पहिलो सिरिज हुनेछ ।

टी-२० टोली

सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिह, रियान पराग, ऋषभ पन्त, सन्जु स्यामसन, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, रवि बिश्नोई, अर्शदिप सिह, खलिल अहमद र मोहम्मद शिराज।

ओडीआई टोली

रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान) विराट कोहली, श्रेयस ऎर, रियान पराग, ऋषभ पन्त, लोकेश राहुल, हर्षित राना, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, कुलदिप यादव, अर्शदिप सिह, खलिल अहमद र मोहम्मद शिराज ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ९ : ५९ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले