यूएईले नेपाललाई दियो ११६ रनको चुनौती « Khabarhub

यूएईले नेपाललाई दियो ११६ रनको चुनौती


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई  १ सय १६ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १५ रन जोड्यो ।

कप्तान इन्दू बर्माले तीन विकेट लिइन् । उनले चार ओभरमा १९ रन खर्चिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले पनि एक–एक विकेट हात पारे । यूएईका लागि छैटौँ नम्बरकी ब्याट्र खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् ।

यसैगरी पाँचौँ नम्बरकी ब्याट्र कविसा एगोडेगले पनि २२ रन बनाइन् । समाइरा धरनिधरकाले १३ र कप्तान एसा ओजाले १० रन जोडे ।

यूएईका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईले अतिरिक्त रुपमा केवल दुई रन पायो ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ४ : ०३ बजे

‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडग राज पौडेल (गनेस)ले

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ