चीनमा राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु, तीस बेपत्ता « Khabarhub

चीनमा राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु, तीस बेपत्ता


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ

 यस्तै सो घटनामा  तीस जनाभन्दा बढी बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले बताएका छन् ।

प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४०  बजेको भीषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको छ । 

राजमार्गको पुल तल नदीमा खसेपछि लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएको छन्  ।  

हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो बताइएको छ । उत्तरी र मध्य चीनमा मंगलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिरोबाट प्रभावित भएको छ ।

यस्तै शुक्रबार सानक्सीको बाओजी सहरमा आएको बाढीपहिरोबाट पाँच जनाको मृत्यु भएको र आठ जना बेपत्ता भएको छ । 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ४ : ०४ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।