कास्कीका दुई लाख पशुमा पूर्ण खोप लगाइयो « Khabarhub

कास्कीका दुई लाख पशुमा पूर्ण खोप लगाइयो


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

कास्की– विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गरिएको पशुमा पूर्ण खोप कार्यक्रममा गत वर्ष दुई लाख बढी पशुलाई खोप लगाइएको छ ।

खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लामा पाँच वटै पालिकाका ७२ वडाका ३५ हजार सात सय छ घरधुरीमा एकै साथ पशुमा खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुकुर र भेडामा गरी दुई लाख एक हजार एक सय ७२ मात्रा खोप दिइएको हो ।

पूर्ण खोप कार्यक्रममा गाई, भैँसी र बङ्गुरमा खोरेतविरुद्धको ७१ हजार २५ मात्रा खोप दिइएको थियो । यसैगरी, एक हजार छ सय गाई, भैँसीमा एचएसविक्यू खोप लगाइएको थियो । यसैगरी, ७९ हजार सात सय ७५ बाख्रा र आठ हजार चार सय २५ भेडामा पिपिआर खोप दिइएको थियो ।

कार्यालयका अनुसार १० हजार ८८ कुकुरलाई रेबिज र छ हजार सात सय ३४ बङ्गुरलाई स्वाइनफिभरको खोप दिइएको थियो । गाई १६ हजार पाँच सय ५४ र भैँसी छ हजार नौ सय ७१ गरी २३ हजार पाँच सय २५ लाई लम्पिस्किनविरुद्धको खोप दिइएको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले विसं २०७८ देखि पशुमा खोप कार्यक्रम सुरु गरेको हो ।

स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले जानकारी दिए  ।

उनका अनुसार विज्ञ केन्द्रका प्राविधिक कर्मचारीले पालिकाका पशु सेवा शाखाका कर्मचारीको सहयोग लिएर सुरुआतमा कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन र त्यसपछि खोप लगाएका हुन् ।

‘पशुमा पूर्ण खोप कार्यक्रम किसानले प्रत्यक्ष लाभ लिने कार्यक्रम हो, यो कार्यक्रम सिधै किसानकामा पुग्दछ र शत्प्रतिशत कार्यान्वयन समेत भएको छ’, कार्यालय प्रमुख पाण्डेले भने, ‘महामारीजन्य रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई रोक्न पशुहरूमा खोप लगाउनु आवश्यक छ ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ५३ बजे

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि